• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

भ्रष्टाचार आरोपी अधिकारी जिम्मेवारी बाट मुक्त

केशव कुमार दास -बिराटनगर फाल्गुन ५ – सार्वजनिक लेखा समितिले मोरङका जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डललाई अर्को व्यवस्था नभएसम्म कुनैपनि जिम्मेवारी नदिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आर्थिक अनियमिततामा मुछिएपछि लेखा समितिले उनलाई कुनैपनि जिम्मेवारी नदिन मन्त्रालयलाई निर्देशन दिएको सभासद केशव मैनालीले जानकारी दिए।

सार्वजनिक लेखा समितिअर्न्तर्गतको राहत कोटा छानबिन समितिका संयोजक समेत रहेका मैनालीले मण्डलको गतिविधि र उनले समितिलाई दिएको बयान चित्तबुझ्दो नदेखिएपछि मंगलबार मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको जानकारी दिएका छन्। महोत्तरीमा रहँदा मण्डलले कार्यालयको गाडी आगजनी भएको भनी गलत रिर्पोटिङ गरेको, ल्यापटप र अन्य सामग्री हिनामिना गरेको आरोप लागेको छ । उनले ११ लाख रूपैयाँ पनि हिनामिना गरेको देखिएको तर त्यसका विषयमा समितिलाई चित्तबुझ्दो जवाफ नदिएको मैनालीले बताए ।

गत माघ १९ गते बयानका क्रममा उनले झारो टार्ने हिसाबले उत्तर दिएको र माघ महिनाभित्र गाडी चालकसहित उपस्थित भई बयान दिन आउनु भनी निर्देशन दिँदा पनि अटेर गरेपछि मण्डललाई जिम्मेवारी दिन नहुने गरी निर्देशन दिइएको हो । ‘माघ महिनाभरि उनि चालकसहित बयानमा नआएपछि हामीले यस्तो निर्णय गर्‍यौं’ मैनालीले भने। सार्वजनिक लेखा समितिअर्न्तर्गतको राहत कोटा छानबिन समितिले अर्को व्यवस्था नभएसम्म देशभरि राहत कोटा र पीसीएफ नबाँड्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

अनियमितताको आशंका बढेपछि तत्काललाई रोक्नका लागि यो कदम चालिएको हो । यसैबीच गत माघ १७ गते जिल्ला शिक्षा कार्यालय मोरङको गाडी लिएर शिक्षा अधिकारी उपेन्द्र मण्डल राजधानी गएका छन् । केही दिन चालक समेत लिएर राजधानी गएका मण्डलले चालकलाई मोरङ फर्काए पनि गाडी भने काठमाडौंमै राखेका छन् । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एकजना भान्से पनि लिएर उनी राजधानीमा छन् । १७ गते काठमाडौं गएका मण्डल बीचमा एक दिन साँझ पारेर विराटनगर आए पनि भोलिपल्टै पुनः राजधानी गएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

मण्डल आफ्नो सम्पर्कको मोबाइल स्वीच समेत अफ गरेर बसेका छन् । स्रोतका अनुसार आफ्नो बचाउका लागि उनी मन्त्रीकहाँ धाइरहेका छन् । मण्डल राजधानी गएपछि मोरङमा तलब निकाशाको चेकमा समेत हस्ताक्षर गर्न समस्या भएपछि जिल्ला शिक्षा कार्यालय मोरङका लेखा अधिकृत पुण्य नेपालले केही दिनअघि एकजना कार्यालय सहयोगीलाई भाडा दिएर राजधानी चेक पर्ढाई हस्ताक्षर गराएर ल्याई तलब बाँडेका थिए । उनी मोरङमा रहँदा पनि विभिन्न कार्यमा विवादमा आइरहेका छन् । भदौमा कामु जिशिअ भएर आएका मण्डल अधिकांश समय कार्यालयमा नबस्ने गरेको गुनासो कर्मचारीहरूले गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: