लहानमा खबरदारी जुलुस

राधेश्याम राम सिरहा फाल्गुन ५ – संबिधान सभा मार्फत नयाँ संबिधान जारी हुन एक सय दिनमात्र बाँकी रहदा सिरहा स्थित मानब अधिकार संरक्षण केन्द्र संजाल को आह्वानमा आज दिउँसो लहान नपा क्षेत्रमा खवरदारी जुलुस गरिएको छ ।हाम्रो एउटै आह्वान निर्धारित समयभित्र नयाँ संबिधानु भन्ने मूल नाराका साथ लहानको शहीद चौकबाट ब्यानर र प्लेकार्ड सहित नगरमा परिक्रमा गरिएको खवरदारी जुलुसले ठाउँ ठाउँका चौकहरुमा कोण सभा समेत गरेको थियो ।

जिल्लामा मानवअधिकारको क्षेत्रमा कि्रयाशील बिभिन्न १४ वटा संस्थाहरुको अगुवाईमा सम्पन्न उक्त रयालीको कोणसभामा समग्र जन उत्थान केन्द्रका अध्यक्ष सिुनिलकुमार साह ,ल्यानकाउ नेपाल सम्वन्द्ध जातिय विभेद तथा छुवाछुत अपराध निगरानी केन्द्र लहानका कार्यक्रम संयोजक राधेश्याम राम ,समग्र बिकास सेवा केन्द्रका दुर्गा महतो, दलित जनकल्याण युवा क्लवका अध्यक्ष बिनोद बिसुन्के ,मानबअधिकार संगठनका अध्यक्ष राजकुमार राउत ,घरेलु महिला िहंसा संजालका अध्यक्ष रामकुमारी दास, पत्रकारहरु सन्तोष सुवेदी ,मणिलाल बिश्वकर्माले समयमै संबिधान जारी हुन नसके मुलुक अझै भयाबह अबस्थामा फस्ने भएकोले यस किसिमको कठिन घडिमा सवै क्षेत्र र बर्गलाई दवावका लागि जागरुक हुनुका लागि आह्वान गरेका थिए ।

यसैबीच सामाजिक परिवर्तनको निम्ति युवा नेतृत्व श-सक्तिकरण कार्यक्रम आजदेखि सिरहाको सुखिपुरमा शुरु गरिएको छ। कार्यक्रममा गाविसमा हुने सबै काम काज घटना दर्ता जन्म दर्ता विवाह दर्ताको निम्ति एकदिने शिविर सुखिुपुरमा गरिएको छ । जन जागृति युवा क्लव सुखिपुर गाविस सचिबको रोहबरमा तथा परिवर्तन नेपालको आयोजनामा सुखिपुर गाविसको तिन स्थानमा कार्यक्रम गरिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: