• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पत्रकार महासंघलाई १५ लाख रुपैयाको जग्गा प्रदान

ओमप्रकाश
बीरगंज, फाल्गुन – ६, बीरगंज निवासी जोतीलाल प्रसाद कलवारले एक समारोहबीच नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुध्न नेपाललाई १५ लाख रुपैया पर्ने आफनो १ कठठा जग्गाको स्वामित्वको कागत पत्र हस्तान्तरण गर्नु भएको छ ।mmm
बीरगंजको होटेल मकालुमा आयोजित नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणको लागि जोतीलाल प्रसाद कलवारद्धारा गरिएको जग्गा दानको स्वामित्व हस्तान्तरण समारोहमा सो जग्गाको लालपुर्जा हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्षर् इश्वरचन्द्र गौतमले अतिथिको आसनबाट जग्गा प्राप्त भएपछि हाम्रो दायित्व अझै बढेको बताउनु भयो । दानवीर कलवारबाट प्राप्त जग्गामा यदि हामीले तुरुन्तै भवन निर्माण गर्न सकेनौ भने यो दानविर जोतीलाल प्रति अन्याय हुने बताउनु भयो । यसको लागि सबै पत्रकारहरु एक भएर अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।
समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासले लामो समयपछिको संघर्षपछि प्राप्त जग्गामा हचुवा र हलुका कुरा गरेर गम्भीर भएर योजनाबद्ध तरिकाले अगाडी बढनु पर्नेमा जोड दिनुभयो । साथै पत्रकार महासंघको केन्द्रिय कमिटीबाट प्राप्त हुने सहयोग रकमको लागि आफुले पहल गर्ने समेत बताउनु भयो । त्यसैगरी पत्रकार जगदिश शर्मा, मेची महाकालीका श्रीराम रायमाझी, तराई टेलिभिजनका स्टेशन मैनेजर दिपेन्द्र चौहान लगायतकाले दानवीर कलवारलाई सहयोगको लागि धन्यबाद दिनु भएको थियो ।
पर्साका अध्यक्ष शत्रुध्न नेपालका अध्यक्ष शत्रुध्न नेपालको अध्यक्षतामा सम्पन्न भएको स्वामित्व हस्तान्तरण कार्यक्रममा दानवीर जोतीलाल प्रसाद कलवारलाई सम्मान गर्दै महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष इश्वरचन्द्र गौतम र पत्रकार जगदिश शर्माले संयुक्त रुपमा टिका लगाएर दोसल्ला ओढाउनु भएको थियो ।समारोहमा पर्साका अध्यक्ष शत्रुध्न नेपालले आफना आमा परमादेवी नेपालको नामबाट स्वर्गिय पिता धु्रवप्रसाद शर्माको नाममा महासंघको भवन निर्माणको लागि भनेर ११ हजार १ सय रुपैया सहयोग गर्नु भएको छ ।
त्यसैगरी सहयोग गर्ने दाताहरुले महासंघको भवन निर्माणको लागि तर्राई मिडियाको तर्फे ५ हजार १ रुपैया, रिपोर्टस क्लवका अध्यक्ष कन्हैया गुप्ताले ३ हजार १ सय रुपैया, राम सर्राफले २ हजार ५ सय १ रुपैया, प्रेस चौतारीका अध्यक्ष जिवनलाल श्रेष्ठले २ हजार २ सय २२ रुपैया, श्याम बञ्जाराले २ हजार १ रुपैया, बाईपास दैनिकले १ हजार १ सय, युवराज खडकाले १ हजार १ र बिजय भण्डारीले एक हजार १ रुपैया सहयोग गर्नु भएको छ ।
Advertisements

One Response

  1. Thank’s for Help, Joyti lal parsad kalwar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: