• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दलहरु इमान्दार भए समयमै संविधान बन्छ

तीन दलीय संयन्त्र मधेशीको निम्ति षडयन्त्र :मन्त्री महतो
जनकपुरधाम फाल्गुन ६ -वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले दलहरु इमन्दार भए निर्धारित समयमै संविधान बन्ने बताएका छन।संविधान निर्माणको निम्ति माओवादी मुख्य जिम्मेदार दल रहेपनि सत्ताको मोहमा लागेकोले समयमा बन्छ कि बन्दैन भन्नेमा आशंका व्यक्त गर्दै मन्त्री महतोले संविधानसभामा मधेशीसंग बेइमानी भईरहेकोले सबैलाई सचेत हुन आग्रह गरे।

सदभावना पार्टीको अध्यक्ष समेत रहेका मन्त्री महतो जनकपुरमा पार्टी कार्यालयको उदघाटन गर्दै उनले खसवादीहरु सम्मिलित बनेको तीन दलीय संयन्त्र मधेशीको निम्ति ठुलो षडयन्त्र रहेको दावी गरेका छन।मधेशी दललाइ बेग्लै राखी गठन गरिएको यस संयन्त्रको निर्णय हामीलाई मान्य नहुने भन्दै मन्त्रि महतोले संयन्त्रप्रति आपत्ति जनाएका छन।मधेशलाइ पटक पटक टुक्राउने प्रयास हुदै आएको दावी गर्दै महतोले मधेशको धर्ती मधेशमै रहनुपर्ने र यसको निम्ति सबैलाई एकजुट भई आगाडी बढनुपर्नेमा जोड दिएकाछन्।

मधेशी जनताको पक्षमा संविधान बनेमात्र मधेशको स्वाभिमानमा रक्षा हुने महतोको दावी रहेको थियो। यसको निम्ति आफ्नो पार्टीले पूर्वको झापादेखि पश्चिमको कंचनपुर सम्म मधेशी स्वाभिमान यात्रा गर्ने जानकारी दिएका छन।बैशाख ६ गते झापादेखि शुरु हुने सो यात्रा २५ गते कंचनपुरमा पुगी सम्पन्न हुनेछ।सो यात्रा बैशाख ११ गते धनुषामा फर्किने जानकारी गराउदै अध्यक्ष महतोले यसमा आफ्नो पार्टीको सम्पूर्ण संगठनको कार्यकर्ताहरुलाई लाग्न निर्देशन दिएका छन।सो अवसरमा पार्टीको केन्द्रीय सल्लाहकार लालकिशोर साह ,धनुषाका कार्यवाह अध्यक्ष संजय सिंह, रमण सिंह सहित सयौं कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: