• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पूर्वाञ्चलमा चक्काजाम गर्न नपाईने

केशव कुमार दास ,बिराटनगर फाल्गुन ६ – पूर्वाञ्चलका कुनैपनि स्थानमा आधाघण्टाभन्दा बढी चक्काजाम हुन नदिने निर्णय प्रहरीले गरेको छ । पूर्वाञ्चललाई सुरक्षित र अपराधरहित क्षेत्रका रूपमा स्थापित गराउनका लागि प्रहरीले यस्तो निर्णय गरेको हो । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा बुधबार भएको प्रहरी प्रमुखहरूको भेलामा पूर्वाञ्चलमा आधाघण्टाभन्दा बढी चक्काजाम हुन नदिने निर्णय गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक भीष्म प्रर्साईंले बताउनुभयो ।

राजमार्ग तथा सहायक राजमार्गहरूमा कुनैपनि बहानामा आधाघण्टाभन्दा बढी चक्काजाम भएको पाइएमा त्यस क्षेत्रका प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए कार्वाहीसमेत गरिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पूर्वाञ्चललाई सुरक्षित बनाउनका लागि भेलाले विभिन्न २५ वटा निर्णय पनि गरेको छ । प्रहरी नायव महानिरीक्षक प्रर्साईंका अनुसार पूर्वाञ्चलमा बिहीबारदेखि नै अनटेष्ट र बिना कागजका कुनैपनि गाडी चलाउन नदिने र बिना हेल्मेट तथा ओभरलोड गरी गाडी चलाउनेलाई तत्काल पक्राउ गरी कार्वाही गरिने निर्णयसमेत गरिएको छ ।

पूर्वाञ्चलका पहाडी जिल्लामा राति ८ बजे र तराइमा १० बजेसम्म मात्र मदिरा पसल खोल्न दिने नियमलाई कर्डाईका साथ पालना गराउने र अटेर गर्नेलाई कार्वाही गरिने बताइएको छ । प्रहरीले सेवाग्राहीहरूको समस्या सुन्नका लागि सबै प्रहरी कार्यालयमा जिम्मेवार अधिकृतको अनिवार्य व्यवस्था गर्ने र प्रत्येक जिल्लामा स्पेशल टास्कफोर्स समेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ । स्थानीय प्रशासन र सशस्त्र प्रहरीसमेतको सक्रिय सहयोगमा प्रहरीले पूर्वाञ्चलमा आफ्ना क्रियाकलापलाई अगाडि बढाउने प्रर्साईंले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सबैको सहयोगले पूर्वाञ्चल सुरक्षित हुनेछ ।’ प्रहरीको नयाँ रणनीतिअनुसार माओवादीको क्यान्टोनमेन्टबाट अयोग्य ठहरी समाजमा पुनर्स्थापनाको प्रक्रियामा रहेका लडाकुहरूबाट हुनसक्ने आपराधिक गतिविधिलाई पनि निगरानीमा राखिने भएको छ । कारागारहरूमा कैदी, बन्दीलाई भेट्न जाने र मोस्टवान्टेड अपराधीहरूको अभिलेख पनि व्यवस्थित गर्ने नीतिलाई प्रहरीले कर्डाईका साथ लागू गर्नेछ । प्रहरीको नयाँ योजनाअनुसार युवाहरू अपराध कार्यमा नलागुन् भन्नका लागि पूर्वाञ्चलका १६ जिल्लामा राजनीतिक दलका युवाहरूलाई समेटी सञ्जाल बनाई सिर्जनात्मक काम गर्ने योजना पनि बनाइएको छ ।

विराटनगरमा नमूनाका रूपमा सुरू गरिएको यो कामलाई क्षेत्रभरि नै लैजाने योजनाअनुरूप सुरक्षा बैठकमा यस्तो निर्णय गरिएको प्रर्साईंले जानकारी दिनुभयो । सीमित स्रोत, साधन भएपनि त्यसलाई अधिकतम उपयोग गरी केन्द्रबाट समेत थप मद्दत मागी आवश्यक कामलाई द्रूत गतिमा अगाडि बढाइने प्रहरीले बताएको छ । पूर्वाञ्चलका १६ जिल्लाका प्रहरी प्रमुख, दंगा, गण र अञ्चल प्रहरी प्रमुख तथा क्षेत्रीय ट्राफिक प्रहरी प्रमुखको उपस्थितिमा भेला भएको हो । भेलाको समापनमा सहभागी हुनुभएका पूर्वाञ्चलका सशस्त्र प्रहरी प्रमुख जीवन थापाले सशस्त्रको तर्फाट पनि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र दुवै मिलेर सहकार्यका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

2 Responses

  1. tuntun kumar yadav from wakil toll

  2. Thanks, yo kaam lai nirntarta din prahari daju vai haru ma subh kamna

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: