• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बैंक लुटेराहरुको पहिचान पुरा खोजीकार्य तिब्र

केशव कुमार दास ,बिराटनगर फाल्गुन ७ – पूर्वाञ्चलमा सुरक्षा कडाइ गर्ने निर्णय भएकै भोलिपल्ट बिहीबार विराटनगरको नबिल बैंक शाखाभित्रैबाट १ लाख ५० हजार रूपैयाँ लुटिएको छ । लुटमा चारजना युवाहरू संलग्न रहेको बैंकको सीसीटीभी क्यामेराले रेकर्ड गरेको छ । बैंकमा पैसा जम्मा गर्न गएका विराटनगर-१३ शान्तिटोलका ७३ वर्षीय ब्रम्हदेब रायले भौचर भर्न लाग्दा जिन्स पेन्ट र खैरो भेष्ट लगाएका दुइ युवाले टेबुलमाथि राखेको रकम लिएर भागेका हुन् ।

राय गणपति प्लाष्टिक र हरिपोलिप्याक उद्योगको रकम जम्मा गर्न आएका थिए । रकम लुटिएको केही बेरपछि मात्रै उनले आफ्नो रकम चोरिएको थाहा पाएका थिए । ५० हजार दरका तीनवटा बन्डल लिएर लुटेराहरू बैंकबाट बाहिरिएको सीसीटीभी क्यामेराले रेकर्ड गरेको छ । रकम लुटमा संलग्नहरूको पहिचान भइसकेको र उनीहरूको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । लुटपाट भएको ठाउँ जिल्ला प्रहरी कार्यालयबाट झण्डै डेढ सय मिटर उत्तर पूर्व र जिल्ला प्रशासन कार्यालयबाट झण्डै सय मिटर पश्चिम दुरीमा पर्दछ । बैंकको कार्यालयभित्र छिर्ने गेटमा दुइजना र बाहिरी गेटमा समेत सुरक्षागार्ड रहने भएपनि दिनदहाडै रकम लुटिएको छ ।

प्रहरी र प्रशासन कार्यालयको नजिकैबाट दिउँसै पैसा लुटपाट हुन थालेपछि प्रहरीको सुरक्षा अवस्थाप्रति प्रश्न उठेको छ । विराटनगरमा तीन दर्जनभन्दा बढी बैंक तथा तिनका शाखाहरू सञ्चालनमा छन् । औद्योगिक तथा व्यापारिक क्षेत्र भएकाले यहाँका बैंकहरूमा दैनिक ठूलो कारोबार हुने गर्दछ । तर, ती बैंकहरूको सुरक्षाका लागि स्थानीय प्रशासनले प्रभावकारी योजना नबनाएकाले पनि बिहीबारको घटना भएको धेरैको भनाइ छ । पूर्वाञ्चलका सुरक्षा प्रमुखहरूको बुधबार भएको बैठकमा सुरक्षा ब्यवस्था कडा बनाउने निर्णय भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: