• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रवासीहरु द्वारा निर्मित चलचित्र पश्चातापको मलेशियामा भब्य प्रर्दशन

विजय गुरागाईं ,मलेशिया
मलेशिया फाल्गुन ७ – चाम्स फिल्मस् प्रोडक्सनको प्रस्तुति नेपाली चलचित्र पश्चाताप मलेसियाको पेनाङ्ग सहरमा भब्यताका साथ प्रर्दशन सम्पन्न भयो । किरात याक्थुङ चुम्लुङ्ग पेनाङ्ग शाखा मलेसिया र धनकुटा चौबिसे एकता समाज सेवा मलेसियाको संयुक्त आयोजनामा १४ फेब्रुअरी आईतवारको दिन देवान श्री हलमा उक्त चलचित्र प्रर्दशन गरिएको थियो । चलचित्र प्रर्दशनको लागि ब्रुनाईबाट आएका निर्माता जितेन्द्र चेम्जोङ्ग र निर्देशक मिलन चाम्सलाई आयोजकले हल हस्तान्तरण गरेपछि उपस्थित दर्शकहरुले ताली बजाएर चलचित्र पश्चाताप प्रर्दशनलाई स्वागत गरेका थिए ।

९० मिनेट समय अवधी रहेको उक्त चलचित्र हेरी सकेपछि आएको प्रतिकि्रया र दर्शक उपस्थिति देखेर हौसिएका निर्माता र निर्देशकले एकसाथ भने- दर्शक उपस्थिति र उहाहरुबाट आएको प्रतिकि्रयाले हामी एकदम उत्साहित भएका छौ ।सो कार्यक्रममा पेनाङ्गमा कार्यरत स्थानिय नेपाली कलाकारहरु द्धारा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । आयोजक संस्थालाई चाम्स फिल्मस् प्रोडक्सनको तर्फबाट निर्माता जितेन्द्र चेम्जोङ्गले प्रसंशा पत्र प्रदान गरेका थिए। प्रसंशा पत्र ग्रहण गर्दै आयोजक तथा कार्यक्रम संयोजक राजकुमार चेम्जोङ्ग र दिनेश सोदेन ले भने ‘चाम्स फिल्मस् प्रोडक्सन प्रति हामी आभारी छौ जसले चलचित्र पश्चाताप प्रर्दशन गर्ने जिम्मेवारी हामीलाई दिएका छन् ।

चेम्जोङ्ग धनकुटा चौबिसे एकता समाज सेवा मलेसियाका उपाध्याक्ष हुन भने सोदेन किरात याक्थुङ चुम्लुङ्ग पेनाङ्गका अध्यक्ष हुन । विदेशमा रहेका नेपाली समाज तथा समुदायमा घटित घट्नामा आधारित चलचित्र पश्चातापको पुरै सुटिङ्ग लण्डनमा गरिएको छ भने कलाकारहरु पनि लण्डनमा कार्यरत नेपालीहरु नै रहेका छन । वेलायतको विभिन्न सहरमा सफल प्रर्दशन पछि अन्य देशको हकमा मलेसियामा पहिलो पटक प्रर्दशन गरिएको बताउदै निर्देशक मिलन चाम्सले भने- पेनाङ्गमा चलचित्र पश्चातापले पाएको सफलता देखेर अति नै खुशी लागेको छ अव अन्य सहरमा पनि प्रर्दशन गर्ने तयारीमा छौ । औपचारिक र अनौपचारिक गरी २ सो प्रर्दशन गरिएको चलचित्र पश्चातापको दोश्रो प्रर्दशन १५ फेब्रुअरी सोमवारको दिन वि।एम।स्थित लाली गुरास रेष्टुरेन्टमा सम्पन्न गरिएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: