• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फिरौती लिएर अपहरित अर्यालको हत्या

बिरगंज फाल्गुन ८ – गत माघ २४ गतेका दिन अपहरणमा परेका पर्सा परवानीपुर निवासी उद्धव अर्यालको बाराको मनहरवा गाबिस स्थित बगंरी खोलाको किनारामा मृत अवस्थामा फेला परेको थियो । पर्साको लिपनिविर्ता ५ निवासी अर्याललाई ११ दिन अघि आफनो घरमा खाना खादै गरेको अवस्थामा अज्ञात समुहले उनको अपहरण गरी लगेको थियो । अपहरणकारीले उनको परिवारलाई फोन गरी ३० लाख रुपैया फिरौती रकम माग गरेका थिए ।

अपहरणमा परेका अर्याललाई छोडाउन अर्यालको परिवारले हिजै मात्र अपहरणकारीलाई सात लाख पचहतर हजार रुपैया भारतको रक्सौल पुगी दिएको थियो । तर आज विहानै अर्यालको शव बंगेरी खोलाको किनारा गहुको खेतमा भेटिएको थियो ।स्थानीयबासीले अर्यालको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । अर्यालको घाटीमा डोरीले बाधेर हत्या गरेका थिए । पर्साको परवानीपुरमै सुमिता फार्मेसीको नामबाट औषधी पसल चलाएर बसेका करिव ५० बर्षिय अर्याल सोझासाझा ब्यक्तिको रुपमा चिनिने गर्थिए । अर्याल एमाले गाउ कमिटीका सदस्य समेत रहेका थिए ।

दुइ छोरी र एक छोराका पिता अर्यालको दुश्मनी कसैसंग पनि नभएकोले यो कुनै अपराधिक समुहले भन्दा पनि स्थानीय कुनै ब्यक्तिले उनको अपहरण गरी लगेको हुनसक्ने र अपहरणको क्रममा अपराधीलाई चिनेपछि उनीहरुले सबैलाई भनिदिन्छ कि भनेर फिरौतीको रकम लिएपछि उनको हत्या गरेर बंगेरी नदीमा ल्याई फयाकेको हुनसक्ने पर्सा प्रहरीको अनुमान छ ।अपहरणपछि पैसा लिएर पनि हत्या गरेको बिषयलाई लिएर आक्रोशित भएका प्रहरीले हत्याराको खोजतलाशलाई त्र्रि पारेको छ । पर्साका प्रहरी उपरिक्षक राजेन्द्र मान श्रेष्ठले अपराधीलाई कुनै पनि हालतमा नछाडने बताएका छन् । हत्याको जानकारी पाएपछि पर्साका प्रजिअ यादब प्रसाद कोईराला, बाराका प्रजिअ तारानाथ गौतम, बाराका एसपी महेन्द्र पोखरेल, पर्सा सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरिक्षक दिलबहादुर थापा, बारा सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मानसिंह मौनी घटनास्थलमा पुगेका थिए ।

One Response

  1. Really, Very Sad News. No one is safe in this country. One thing is very strange, why our leaders are not serious about the safety of common People? Will they ever feel any responsibilities’ toward us? If not or if we are living in JUNGLE RAAJ then why should we pay the tax? Why should we obey the rules/systems? Won’t these incidents force us to think /act MIGHT IS RIGHT ? Once again, really Very sorry to the victims Family.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: