• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मधेशवादी दलहरु सरकारको पूच्छर बन्दैछन :गुप्ता

रोशनकुमार झा -जनकपुरधाम फाल्गुन ८ – मधेशी जनअधिकार फोरम नेपालका सह अध्यक्ष जयप्रकाश गुप्ताले मधेशवादी दलहरु संविधान सभाप्रति गम्भीर नरहेको आरोप लगाएका छन्।

मधेशवादीदलको अध्यक्षहरु संविधान सभामा अनुपस्थित रहेको यसको एउटा ठुलो उहादरण रहेको उनको भनाई रहेको थियो। मधेशी पत्रकार समाज धनुषा द्वारा शनिवार जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि गुप्ताले संविधान सभाको ८८ वटा बैठकमा एउटा बैठकमा मधेशवादी एउटा पार्टीको अध्यक्ष मात्र उपस्थित भएको जानकारी दिए।

संविधान सभाप्रति मधेशवादी दललाइ निरपेक्षता र प्रमुख तीन दलको  मधेश प्रतिको दुराभावको कारण मधेश उपेक्षित भएको गुप्ताको भनाइ रहेको थियो।गुप्ताले संविधान सभामा मधेशसँग बेईमानी भईरहेतापनी मधेशवादी दलहरु सरकारका पुच्छर बनेको  टिप्पणी गरे।यता  थरुहट संघर्ष समिति र फोरमबीच भएको कार्यगत एकतालाइ अप्राकृतिक भनेर आलोचना गरेका विजय गच्छेदारको अभिव्यक्तिलाइ गुप्ताले प्रतिआलोचना को संज्ञा दिए ।उनले पुर्व झापा देखि पश्चिम कंचनपुर लाइ  मधेशको भुभागलाइ एक प्रदेश बनाउने सहमति समेत गरिएको एकतालाइ कसरी अप्राकृतिक भन्ने ? प्रश्न गरे। गच्छेदारले फोरम र थरुहट बीचको गठबन्धन अप्राकृतिक र अराजनीतिक रहेको  भनेका थिए ।

गुप्ताले थरुहट संगको कार्यगत एकता प्रति तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको मौनतालाइ प्रति आलोचना गरे ।समाजको अध्यक्ष अतिश कुमार मिश्रको अध्यक्षतामा भएको सम्मेलनमा फोरम धनुषाका अध्यक्ष शेष नारायण यादव ,उपाध्यक्ष सुरेन्द्र मण्डल, ज्ञानेन्द्र यादव सहितको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: