म पनि माओबादी बन्न सक्छु: हेम बहादुर मल्ल

इसुफ नदाफ
जनकपुरधाम,फाल्गुन ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बरिस्ठ उपाअध्यक्ष हेम बहादुर मल्लले जेस्ठ १४ गते संबिधान जारी नभए ४७ सालको संबिधान ब्युँतिने बताउनु भएको छ । जनकपुर स्थित निजि निबासमा संचारकर्मीहरु संग कुराकानी गर्दै मल्लले जनादेश अनुकुल ६ सय १ सभासद्हरुले निर्धारित समय भित्र संबिधान जारी गरेनन भने जनताको सामने बन्दुकमा सर्दी आउने चेतावनी दिएका छन् । निर्धारित समय भित्र संबिधान नबने भोलिको भविष्य राम्रो नहुने तथा त्यसको तिन महिना पछी देशमा राष्ट्रपति पनि नरहने मल्लले बताएका छन् । भारत र चीन जस्तो दुई शक्तिशाली रास्ट्रहरुको बिचमा भार थाम्नका लागि पनि संबैधानिक राजतन्त्र आबश्यक रहेकोले त्यसको विकल्प नरहेको मल्लले बताउनु भयो ।
राजदरबार हत्याकाण्ड , विश्वस्तरका नेताहरु सदाम हुसैन , मुजिबुर रहमान , इन्दिरा गान्धी , जुल्फिकार अलि भुटो , राजिव गान्धी , संचार उधमी जमिम शाह सहितको हत्या एसियाली ब्युरोकेशीको आधारमा भएको  मल्लले बताउनु भयो  । बुयुरोक्रेशी एउटा अन्तराष्ट्रिय गैंग जस्तै भएकोले नै नेपाली सेनाले पनि अन्तरास्ट्रिय  स्तरमा साम्प्रदायिकताको झगडा नगर्न सुझाव दिएको मल्लले बताएका छन् ।
संघियता र धर्मनिरपेक्षताको सवालमा हतार भयो भनेर माओबादीले पनि गल्ति स्वीकार गरिसकेको र अन्य दलहरुले पनि गल्ति स्वीकार गर्नेमा आफु आश्वस्त रहेको बताउदै मल्लले अगाडी भन्नुभयो  पुर्ब राजा ज्ञानेन्द्रले पनि शाहीकालमा पोलिटिकल मानिसहरुलाई मंत्रिमंदलमा नराखेर गैर पोलिटिकल ब्युक्रेशिको लाईन समात्नु भयो ।
जुन तिनको सबैभन्दा ठुलो भुल भएकोले उनले पनि गल्ति सच्चियाउनु पर्ने छ । एउटा मुलुकमा दुइवटा शासक रहनै नस्क्न्ने हुनाले नेपालमा पनि दुइवटा सेना नरहने भन्दै मल्ले थप्नु भयो , ू माओबादी भित्रका नरमपन्थीहरुले उक्त कुरा बुझिसकेका छन् , गरमपंथी हार्डलाईनरहरुले नबुझे बाध्य भएर तिनीहरु पनि लाईनमा आउने नै छ , नआए कहाँ जान्छ  भनेर चेतावनी समेत दिनु भयो  माओबादीले हथियारको उठान भारतबाटै गरेकोले बैठान पनि भारतमैं रहेकोले नेपाल र भारतको माओबादी बाट भारतको समेत टाउको दुखाई सावित भईसकेकोले माओबादीलाई अन्त्रास्ट्रीय समर्थन नरहेकोले जातीयताको आधारमा राजनीति माओबादीकै लागि घातक भईरहेकोले बताउनु भयो ।
माओबादी आफैमा दलको हैसियतले खराब नभएको तर हिंसाको बाटो अबलम्बन गर्नु भनेको ठुलो गल्ति भएको भन्दै मल्ले भन्नुभयो , माओबादीले हिंसा त्यागे म पनि माओबादी हुन् सक्छु  ।
विगतमा भारत सरकारले करण सिंहलाई दुत बनाएर पठाउँदा गद्धी त्याग नै गर्न सोनिया गान्धीले नभने पनि कश्मिर आफुले छोडिसकेको र तपाई पनि गद्धी छोदिनुस भनेर तत्कालिन राजा ज्ञानेन्द्र लाई निर्देशन विपरित सल्लाह दिएकै कारण अहिले सोनिया र करणको सम्बन्ध समेत चिसिएको बताउनु भयो ।
राप्रपा  र राजपाले राजसस्था  र  राष्ट्रियताको धारलाई छोडेर गणतन्त्रको धारमा गएकोले तिनीहरुसंग आफुहरुको सहकार्य कहिल्यै नहुने भन्दै आफुहरुलाई संबिधान निर्माणको बाधक भयो भनेर आतंकबादीको बिल्ला नाठोपरियोस भनेर नै संबिधान सभाको निर्बाचनमा गएको बताउनु भयो ।
जनताको दिमागलाई दिग्भ्रमित गरेर विभिन्न नेताहरुले तथा ब्युरोक्रेटले भ्रष्टाचारीको चरमशिमा समेत नाघिसकेकोले अन्तराष्ट्रिय  स्तरमै आयोग गठन गरि एक एक हिसाब लिईने तथा जनताले सबैलाई कारवाही समेत गर्ने मल्ले बताउनु भयो । पंचायतकालको बेरुजु रकम र अहिलेको बेरुजु रकममा आकाश पतालको फरक भएकोले समय थप गरेर तलब भत्ता खान सोच बनाईराखेका सभासदहरुले अहिले समय छदै नबुझे दुर्दशा मात्र बाँकी रहने भविष्यवानी समेत गर्नु भयो ।
यधपी आफुहरु अहिले पनि आर्थिक क्रान्तिको पक्षमा रहेको र भारत तथा चीन दुवै संग बराबरीको सम्बन्ध चाहेको बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: