• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

निर्धारित समयमा संविधान जारी गर्न पत्रकारहरुको माँग

रोशन कुमार झा, जनकपुरधाम फागुन ९ – निर्धारित समयमा संविधान जारी गर्न सरकार तथा दलहरुलाई पत्रकारहरुले दबाव दिन शनिवार जनकपुरमा घण्टी जुलुश प्रदर्शन गरेका छन्।

जानकी मन्दिर बाट निस्किएको दबाव जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै भानु चौकमा कोण सभामा परिणत भएको थियो।पत्रकार सम्बद्ध विभन्न पाँचवटा संगठनको संयुक्त अयोजनामा भएको दबाव जुलुशमा वक्ताहरुले एक सय दिन भन्दाकम संविधान जारी गर्ने समय हुदा पनि दलहरु गम्भीर नरहेको प्रति आलोचना गरे।पत्रकार रामभरत साहले दलहरु सत्ता र भत्ताको निम्ति संविधान निर्माण गर्न नचाहेको आरोप लगाए।

त्यसैगरी पत्रकार अतिश कुमार मिश्रले एक दिनको दवावले मात्र निर्धारित समयमा संविधान जारी गराउन नपुग्ने भएकाले निरन्तर दबावको आवश्यकता रहेको बताए। पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष अशोक रौनियारले संविधान निर्माणको ऐतिहासिक समयमा पत्रकारहरुमाथि अझै बढी जिम्मेवारी भएको भन्दै गम्भीरतापूर्वक जिम्मेवारी पुरा गर्न आग्रह गरे। जनतालाइ सुसुचित गर्न र सरकारमाथि दबाव बनाउन अझै सशक्त रुपमा प्रस्तुत हुन समेत सुझाव दिए।

प्रेश चौतारीको अध्यक्ष जगदीश साहको अध्यक्षतामा भएको जुलुशमा प्रेश युनियनको अध्यक्ष प्रविण साह ,मेची महाकाली मिडिया मिडिया सोसाइटीको अध्यक्ष कमल साह ,मधेश मिडिया मिशनका अध्यक्ष शैलेन्द्र झा, साप्ताहिक पाक्षिक राष्ट्रीय संजालको प्रतिनिधि सहितले मन्तव्य राखेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: