• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

पूविविद्वारा कानुन उल्लंघन

केशव कुमार दास ,बिराटनगर फाल्गुन ९ – पूर्वाञ्चल विश्वविद्यालयका वर्तमान पदाधिकारीहरू देशको नियम कानुन नमान्नेहरूमध्ये अग्रणी स्थानमा देखिएका छन्। त्यहाँ कार्यरत पदाधिकारीहरूको कार्यशैलीसँगै यस बीचमा भएका निर्णयहरूले सो कुराको पुष्टि गरेको छ । विश्वविद्यालयभित्र भइरहेका विभिन्न अनियमित घटनाहरूका साथै तोडफोडका घटनाहरूका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा समेत विश्वविद्यालय पदाधिकारीहरू दोषी रहेको भन्ने जानकारी प्राप्त भएबाट पदाधिकारीहरू नै विश्वविद्यालयको प्रचलित नियम, कानुन मान्ने पक्षमा छैनन् भन्ने प्रष्ट हुन्छ ।

तर आफू फँस्ने देखेपछि विश्वविद्यालयका उपकुलपति प्रा डा. रामवतार यादवले सो प्रतिवेदन सार्वजनिक नगर्नु भएको हो । विश्वविद्यालयका पदाधिकारीहरू नै कति हदसम्म नियम, कानुन मान्दैनन् भन्ने घटनाको पछिल्लो उदाहरण सेवा आयोगका अध्यक्ष डा. चतुरानन्द पाठकले आफ्ना निजी सहायकमा नियुक्त गरेका अरूणकुमार दासको घटनालाई लिन सकिन्छ । माघ २१ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएका अरूणकुमार दासको उमेर उनले नै लिएको नागरिकताको प्रमाणपत्र अनुसार २०१३ साल हो । २०३३ सालमा नागरिकता लिँदा उनले त्यही उमेर देखाएका छन् । सो प्रमाणअनुसार उनको नियुक्ति ५३ वर्षको उमेरमा भएको छ । जबकि पूर्वाञ्चल विश्वविद्यालय शिक्षक तथा कर्मचारी नियुक्ति तथा पदोन्नति कार्यप्रणाली अनुसार नै पनि ४० नाघेकालाई नियुक्ति दिन पाइँदैन ।

कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैं जसले जे गरे पनि हुने भएपछि विश्वविद्यालयका पदाधिकारीहरू नै नियम कानुन मिचेर काम गर्न थालेकाले विश्वविद्यालयको अवस्था चौपट हुन पुगेको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय र सो अर्न्तर्गत विभिन्न कार्यालयहरूमा भएका तोडफोडका घटनालाई छानबिन गर्न गठित समितिले तीन दर्जनभन्दा बढी सुझावहरू दिएको बुझिएको छ । विश्वविद्यालयलाई बँचाउने हो भने पाँच वर्षो भावी योजनासहित व्यापक कदम चालिनुपर्ने सुझाव समितिले दिएको पनि बताइएको छ । तर पूर्वाञ्चल विश्वविद्यालय टुहुरो जस्तो देखिएकाले त्यसलाई बँचाउनतर्फभने कसैको ध्यान गएको देखिएको छैन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: