नागरिकता सम्बन्धी नयाँ ऐन प्रति युएन असन्तुष्ट

रोशन कुमार झा ,जनकपुरधाम फाल्गुन११ –  विदेशी नागरिकलाई नेपालमा नागरिकता बनेको १५ वर्षपछी नेपाली सरहको सुविधा प्राप्त गर्न सक्ने नागरिकता सम्बन्धी आउने नयाँ ऐनको चारैतर्फ विरोध भैरहेको समयमा प्रस्तावित नयाँ ऐन प्रति युएनले पनि असन्तुष्टी जनाएको छ।जनकपुरमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका डा.मार्कस ब्रान्डले नयाँ ऐन बाट नेपालमा सन्तुलनतामा असर पार्ने बताए। डा. ब्रान्डले ‘कुनै क्रान्तिकारी कार्य भन्दा पूर्व जनतामा व्यापक छलफल हुनुपर्ने बताए।

जानकी महिला जागरण समाज द्वारा जनकपुरमा आयोजित छलफल कार्यक्रममा बोल्दै डा.ब्रान्डले समयमा संविधान निर्माणको निम्ति सबैले जोडतोड गर्नुपर्ने आग्रह गरे। नेपालको विकास संविधान निर्माण बाट हुने र यो प्रसंगमा विदेशी निकायहरु पनि दृढ रहेको भन्दै उनले राजनीतिक दलहरुलाई समझदारी देखाउन आग्रह गरे।

समारोहमा एकीकृत नेकपा माओवादी धनुषाका इन्चार्ज रोशन जनकपुरी,नेपाली कांग्रेस धनुषाका सचिव राजकिशोर सिंह, सेवा निवृत कर्मचारी संघका अध्यक्ष राम रतन मिश्र, प्रमोद नारायण झा, पूर्व स्थानीय विकास अधिकारी उमेश लाल दास, तमलोपाका महिला नेतृ रिता झा, जानकी महिला जागरण समाजका अध्यक्ष तुलसा आचार्य सहितका वक्ताहरुले बोलेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: