आसमान नेपालद्वारा विद्यालय भवन समुदायलाइ हस्तान्तर

जनकपुरधाम फाल्गुन १२ – आसमान नेपालद्वारा महोतरीको वलवामा निर्मित विद्यालय भवन समुदायलाइ हस्तान्तर गरिएको छ। मंगलवार आयोजित एउटा कार्यक्रममा विद्यालय भवन समुदायलाइ हस्तान्तर गरिएको हो। राष्ट्रीय प्राथमिक विद्यालय अमरपुर टोल वलवाको व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको समारोहमा आसमानको कार्यकारी निर्देशक नवलकिशोर यादवले विद्यालय हस्तान्तर गरे।

नेपाली कांग्रेसका सभासद किरण यादवको प्रमुख आतिथ्य तथा चाईल्ड फण्ड जपानका प्रतिनिधि मारिको तानाकाको विशिष्ट आतिथ्यमा भएको समारोहमा वक्ताहरुले विद्यालय भवन निर्माणले विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने र सक्षम जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे। सभासद यादवले विद्यालय भवनको निर्माणले शिक्षामा व्यापक परिवर्तन हुने धारणा राखे। त्यसैगरी चाईल्ड फण्डको मारिको तानाकाले विश्वको कुनै बच्चा शिक्षा बाट बन्चित न होस भन्ने हाम्रो ईच्छा  रहेको बताएका छन्।

निर्देशक यादवले शिक्षाको ज्योति बाट कसैले बन्चित  हुन नपरोस सोहि दिसामा हामि सधै अग्रसर रहने प्रतिवद्धता जनाए। प्रधानाध्यापक जटाधर झाले विद्यालयमा २५ वटा विद्यार्थी बाट पौने तीन सय विद्यार्थी आफ्नो कार्यकालमा बढाएको बताए। झाले भने जहिले मा बिधालयमा आए त्यो बेला मात्र २५ वटा विद्यार्थी रहेको थियो भने अहिले पौने तीन सय विद्यार्थीको निम्ति सुविधा सम्पन्न विद्यालय देखेर मन प्रशन्न भएको छ ।२१ लाखको लगतमा निर्माण भएको विद्यालय उदघाटन कार्यक्रममा हजारौ स्थानीय वासीहरुको उपस्थिति रहेको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: