• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

संविधान निर्माण प्रकृया असहज अपुर्ण संविधान जारी गर्न सकिन्छ:मार्कस

रोशन कुमार झा ,जनकपुरधाम फाल्गुन १२- संयुक्त राष्ट्र संघका नेपाल संविधान निर्माण प्रकृया सहयोग परियोजनाका निती तथा संयोजन सल्लाहकार मार्कस ब्राण्डले प्रमुख मुद्दाहरुलाई पछी सम्बोधन गरिने भनेर पनि संविधान जारी गर्न सकिन्छ बताएका छन्।ब्रान्डले ‘सरकार र सत्ता कसरी संचालन गर्ने उल्लेख गरेर संविधान जारी गर्न सकिन्छ’ धारणा ब्यक्त गरे।जनकपुरमा पत्रकार तथा मानवअधिकावादीहरु सँगको अन्तरक्रियामा सल्लाहकार मार्कसले ‘विश्वमा यस्तो कति धेरै उदाहरण रहेको बताए। संविधान निर्माण प्रकृया सहज नरहेको भन्दै ब्रान्डले एक पटक बनिसकेको संविधान सधैको निम्ति हुन नसक्ने दाबी गरे।

उनले भने संविधानमा समय सापेक्ष संशोधन हुने गर्छ। देशको प्रमुख मुद्दा समावेसीकरण र राज्यपुनर्संरचना रहेको भन्दै उनले यसमाथि संविधानसभाले विशेष ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए। यता संविधान निर्माण प्रकृयामा जनताको संलग्नताको सन्दर्भमा मार्कस ब्रान्डले यस प्रक्रियाले जनता बिचलित हुनसक्ने आशंका व्यक्त गर्दै भने ‘जनता संग सुझाव माग्न तीन हप्ताको समय छुट्टयाईएको छ र सो पर्याप्त छैन त्यसैले पाँच मार्च सम्म संविधान बनिहाल्ने अवस्था देखिदैन।

मार्कसले भने जहाँ जनता संग सुझाव नमागिएपनि संविधान जारि गरिसकेपछि पनि जनता संग सुझाव लिन सकिने उनको भनाइ थियो।संयुक्त राष्ट्रले परियोजना अन्तर्गत नेपालको संविधान निर्माण प्रकि्याको अध्ययन गरिरहेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: