• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अधिकार खोज्दै राज्यमन्त्रीहरू

गाउँघरमा एकअर्काबीच झैझगडा र मनमुटाव भएको कुरा त जोही कोहीलाई थाहै छ , कतिले त कुनै न कुनै वेला आफैले पनि यो भोगेकै हुनुपर्छ । तर जनताको काम गर्न बसेका मन्त्री तथा राज्यमन्त्रीहरूबीच अधिकारका लागि झैझगडा र मनमुटाव हुदो रहेछ भन्ने सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्ला रु नेपालका जम्बो मन्त्रीहरूमाफ अहिले त्यस्तै भइरहेको छ ।

एउटै मन्त्रालय सम्हाल्नु र मन्त्रीहरूले राज्यमन्त्रीलाई काम नदिएपछि उनीहरू आ–आफ्ना मातहतका मन्त्रीहरूबाट अधिकार माग गर्न थालेका छन् । हालै उनीहरू संगठित भएका छन् । सामुहीक रुपमै प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटेरै अधिकार सुनिश्चित गरिदिन माग गर्ने तयारी समेत पुरा गरिसकेका छन् । तर बजारमा सरकार परिवर्तनको हल्लासंगै उनीहरू केही सिथिल भएको स्रोतले बतायो । हुन त भर्खरै भारतका राज्यमन्त्रीहरूले पनि आफ्नो काम, कर्तव्य र अधिकारकाबारे  प्रधानमन्त्री मनमोहन सिहसँग कुराकानी गरिसकेका छन् । शायद त्यसैको देखासिकीमा नेपालका राज्यमन्त्रीहरुले पनि आफ्नो अधिकार प्राप्तिका लागि योजना बनाएको हुनुपर्छ । आफ्ना मन्त्रीहरूबाट असन्तुष्ट भई अधिकार खोज्ने राज्यमन्त्रीहरुमा सबभन्दा कडा रुपमा प्रस्तुत् भई चर्चा आएकाहरु मध्येमा गृहराज्यमन्त्री रिजमान अन्सारी पनि एक हुन । एमालेका तर्फबाट गृहराज्यमन्त्री बनेका अन्सारीले गृहमन्त्री भिम रावलसँग केही कुरामा आफ्नो विमति रहेको स्पष्ट पारिसकेका छन् । गहृ मन्त्रालयमा आफू गहृ मन्त्रीको साक्षीका रुपमा मात्र रहेको महशुश गर्न थालेको कुरा आफ्ना निकटका व्यक्तिहरुसँग उनले राख्दै आएको स्रोतले बतायो । सरुवा बढुवामा समेत कुनै सरसल्लाह नगरिकनै आफ्नै मनले सबै काम गरेको आरोप उनको छ ।

एमालेका मधेशी नेताहरूमध्ये सबैभन्दा प्रखर, निडर र साहसिक वक्ताका रुपमा आफूलाई स्थापित गर्न सफल रही समेका मन्त्री अन्सारी सुरक्षा निकायमा आफूले खोजे अनुसारको परिवर्तनहरू हुन नसकेकामा असन्तुष्ट छन् । प्रहरी प्रशासनमा पनि दण्डहिनताको अन्त्य हुनुपर्ने बताएपनि आफ्नो कुराप्रति कुनै सुनुवाई नभएको गुनासो गर्न समेत उनले भ्याएका छन् ।
प्रहरीमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ, सहि व्यक्तिलाई सही ठाउँमा राख्नुपर्छ, कसैलाई काखा कसलै ार्इ  पाखा गनर्हु न्ु न लगायतका करु ा बारम्बार उठाउँदै आएका उनले मन्त्री भीम रावलले आफ्नो एक नसुनेकोगुनासो गर्छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका संजय साहको अवस्था पनि त्यस्तै छ ।
उनले आफ्ना पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई सामन्ती राजाको संज्ञा दिन समेत पछि परेनन् । साह उनकै मातहतका एक जना मन्त्री पनि हुन । यसै कारणले त राज्यमन्त्री साह राजीनामा दिने धम्की पनि दिइदै आएका छन् । केहीले त उनको यो धम्की थप सुविधा प्राप्त गर्नका लागि मात्रै भएको बताउँछन् । थप्छन्, ‘मन्त्रीको हैसियतमा मन्त्रालयमा काम पाइन्न भन्ने किन बन्नु प¥यो, मन्त्री रु मन्त्री साह स्वयंम भन्छन्, ‘ आफ्नो मन्त्रालयमा मन्त्री गच्छदारको चेपुवामा म यसरी परेको छु की देशमा राज्यमन्त्रीको कुनै औचित्य नै छैन जस्तो भान मलाई भइरहेको छ । ’ यस्तो विजोग स्थितिमा पनि राज्यमन्त्री कायम रहनु कुनैपनि नैतिकवान व्यक्तिका लागि शोभा दिदैन । तर मन्त्री साह भन्ने झण्डै महिनायता राजीनामाको धम्की दिँदै आएपनि राजीनामा नदिएर कुर्सी मै टाँसिएका छन् । उनी अगाडी थप्छन्,‘राज्यमन्त्रीहरू राज्यकोषको ढुकुटी सिध्याउने कामका लागि मात्र पो रहेछन् मन्त्रीले राज्यमन्त्रीहरुलाई सोधखोज नै गर्दा रहेनछन् , अब त राज्यमन्त्रीको काम कर्तव्य अधिकारको लागि पध्र ानमन्त्री पनि गम्भिर हनु पु र्ने बेला आएको छ । ’ उनले राज्यमन्त्रीहरू राज्यकोषको ढुकुटी मात्रै सिध्याउने कुरा त गरेका छन् तर उनी आफैपनि त्यो ढुकुटीको रकमबाटै सुविधा लिन चाही पछि परेका छैनन् ।
फोरम लोकतान्त्रिक पार्टीकै तर्फबाट महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बनेका रामबच्चन अहिर पनि आफ्ना मन्त्री सर्वदेव ओझाबाट साह्रै असन्तुष्ट छन् । आफू राज्यमन्त्री छु भनि अनुभवै नभएको आफ्ना निकट साथीहरुसँग भन्दै हिडेका छन् । गार्डसहित गाडिको सुविधा उपभोग गरिरहेको भएपनि एउटा पनि गतिलो काम आफूले गर्न नसकेको उनी बताउँछन । हाल अधिकारका विषयमा कुराकानी भइरहेको बताउछन्, उनि । मन्त्रालयको कामकाजबाट असन्तुष्टरहेका राज्यमन्त्री अहिर देशका कुनैपनि नेता त्यागी नभएको दाबी गरे । यसै पार्टीका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका शत्रुघ्नसिंह कोइरी, जो आफ्ना मन्त्री शरदसिह भण्डारीबाट असन्तुष्ट रहेर पनि खुलेर भन्न चाहेका छैनन् । मन्त्रालयमा काम नहदँु ा आफ्ना साथीहरुलाई बोलाएर दिनभरी गफ गरेर बसेका हुन्छन्, उनी । त्यहीँ मन्त्रीको गुनासो पनि गरेका हुन्छन तर सार्वजनिक नगरिदिन संचारकर्मीसमक्ष अनुरोध गर्छन । फोरम लोकतान्त्रिकबाटै कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री बनेकी करिमा वेगमले पनि आफूले मन्त्रीस्तरको अधिकार नभएको गुनासो पार्टीको कार्यक्रमहरुमै समेत गर्न थालिसकेकी छन् ।
सिडियो कुट्ने मन्त्रीको उपाधिबाट विभूषित बनेकी  उनी आफूलाई मन्त्रालयमा अधिकार चाहिन्छ त भन्छिन तर त्यहीँ कुरा मिडिया समक्ष सार्वजनिक गर्न चाहदिनन् । यसैगरि तराई–मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट शिक्षा राज्यमन्त्री बनेका गोविन्द चौधरीको हालत पनि अन्य ज्यमन्त्रीभन्दा कम छैन । उनी आफ्नो मन्त्री रामचन्द्र कुशवाहाको काम कर्तव्यबाट असन्तुष्ट भएको कुरा पार्टीको केन्द्रीय समितिको बैठकमा समेत उठाएका थिए । शिक्षामन्त्रीको लापरवाहीको कारण शिक्षामन्त्रालले जनताको काम नगरेर जनतामा अलोकप्रिय भएको गुनासो पार्टी नेतृत्वसमक्ष उनले राखिसकेका छन् । मन्त्री कुशवाहासंग त्यति कुरा नमिलेपनि आफूले नीतिगत कुरामा सहयोग गर्दै आएको बताउँछन्, उनी । राज्यमन्त्रीले गर्ने कामको सुनिश्चितता भयो भने काम गर्न झन सजिलो हुने तर्क चौधरीको छ । सोही पार्टीको तर्फबाट युवा तथा खेलकुद राज्यमन्त्री बनेकी चन्दा चौधरीले आफ्ना मन्त्री गणेश साहबाट साह्रै हेपिएको कुरा सार्वजनिकनै गरिसकेकी छन् । यसको चर्चा पनि पार्टी पंक्तिमा निकै जोरसोरले चलिरहेको स्रोतले बतायो । उनी भन्छिन्, ‘मन्त्रालयको कामबारे आफूलाई सोध्ने कुनै जरुरत नै ठान्दैनन् मन्त्री गणेश तिवारी नेपालीले, आफूखुशीले नै हरेक काम गर्छन उनी । ’
सोही पार्टीका तर्फबाट उद्योग राज्यमन्त्रीका पद सम्हालेका दानबहादुर कुर्मी चौधरीले मन्त्री र राज्यमन्त्रीबीच अधिकारको कुरा उठ्नु स्वभाविक हो तर त्यसलाई सम्झदारीमा लगेर टुग्यांउनु पर्ने उनको तर्क छ । उनले आफ्नो मन्त्रालयमा आफूसंग कुनै भेदभाव नरहेको बताए । नेपाली कांग्रेसको तर्फबाट उर्जा राज्यमन्त्री बनेका चन्द्रसिंह भण्डारीले एक ठाउँमा काम गरेपछि केही न केही विमति भइहाल्छ भनेर आफूलाई चित्त बुझाउँछन् । उनको बोलाईबाट उनी पनि मन्त्रीबाट सन्तुष्ट छैनन् भन्ने पुष्टि हुन्छ । तर उनी भन्छन्, ‘आफूलाई मन्त्री प्रकाशशरण महतले लिखित रुपमा अधिकारहरू दिएकाले केही सहजता भने मैले महशुश गरिरहेको छु, त्यसै अनुसार मैले काम पनि गरिरहेको छु ।
’ वाणिज्य तथा आपूर्ति राज्यमन्त्री सरोज यादवले राज्यमन्त्रीहरुमध्ये सबैभन्दा बढी भाग्यशाली मन्त्री हुन्, जसले आफ्नो मन्त्री राजेन्द्र महतोबाट काम गर्ने अधिकार लिखित रुपमै पाएका छन् । उनले आफूलाई खासै कुनै काममा अप्ठ्यारो नभएको बताए । 

7 Responses

  1. karima begam (JHAPAD MANTRI) , sanjay sah ( SANJAY TAKLA) namud gunda chandra singh bhandari and all the above posted mantri’s are really CHOR of nepal they do not have any right to sit in the post of ministers so if they have moral in themselves they should not waste even a single minute to resign from the post they are sitting on because they do not make the country but destroy the country in the name of so many unwanted things.

  2. sanjay sha once who was caught by the villagers while showing arms and in the issue of tender in one of the village named mahendranagar in dhanusha district and was jailed also he is the minister of nepal now so what can we expect from him?

  3. Karima Began who can hit a slap to the head of the district for not getting the luxirious car for her use what can we except from her and who does she think of herself (JHANSI KI RANI). this is absolute miss use of her post like the nepali proverb NA PAAUNELE KERA PAYO BOKRAI SUDDHA KHAYO. Ha so called ministers of nepal

  4. please if any comment on above posted Comment than fell free to contact me on my email address prakaash16@rediffmail.com
    all the comments are really welcomed also aren’t the comment true ? please mail me to my mailing id.
    thanks
    AGYAT
    Nepal

  5. Please resign from respective posts on your morality since you guys thinking this is an useless to hold the post if you really think that you guys only lossing money of the Government.. Please do this asp…

  6. yo sanjay sah bhaneko no 1 kukhyaat aparaadhi ho yasako barema sara janata lai thaha cha yasale chunaaw bandook ko bharmaa jiteko ho. yasako crime record sayau cha. yastaa manche laai bokera hidane paarty pani chor ho. daka ho. yasalai chhiyeko cha nyaya?
    yo sanjay sah mantri? yaslai gunda takala bhanera sabaile chinch. dhandli garera nirman layat thekkako kaam line daka thekedar aparadhi aaj nirman mantri bhako ch yasale k garch aafai sochnus ta !!! hare shiva……bich chowk ma janakpurma kati patak janata le piteko maanche aaj mantri? dhanushako mahendra nagarma yasale bandook pradarsshan gardaa yasalai tyahaka janatale lakheter pitdaa bhagera iiprakama lukeko thiyo. ani aarmiko sakriyatamaa yasalai jail bhako ho .yo pani mantri? ani yasalai chahiyeko cha adhikar? yasale janatako saamoo aafno aafno vision k cha ta sambishan ko barema ek patak sararara bhai deaos ma sadhaiko nimti yasaiko gulaam banna tayar chu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: