जनता दलद्धारा सात प्रदेशको माग

बीरगंज, फागुण, १४ – नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहले भुगोलको आधारमा पहाडमा पाच र मधेसमा दुइ गरी जम्मा सात वटा प्रदेश निर्माण गर्न चाहेको कुरा आज पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्ति मार्फ जानकारी गराउनु भएको छ ।mm
रिपोर्टस क्लव पर्साले बीरगंजस्थित राणीसती मन्दिरमा आयोजना गरेको होली पर्वको शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले नेपालमा जातजाति र भाषाको आधारमा प्रादेशिक संरचना असम्भव भएको बताउनु भयो । यदि कसैले पनि भाषा र जातजातिको आधारमा प्रादेशिक संरचना गर्ने कुचेष्टा गर्छ भने यो मुलुकको लागि बरदान नभई अभिशाप हुने चेतावनी दिनुभयो ।
प्रदेशको नामाकरण जातजाति र धर्मको आधारमा नगरी राष्ट्रिय विभुतिहरुको नामबाट नामाकरण गर्नु पर्नेमा समेत अध्यक्ष साहको जोड थियो । मधेसी जनता र मधेसबादी दलहरु समग्र मधेस एक प्रदेशको पक्षमा रहेको बेला देशका प्रमुख दलहरु भने मधेसलाई ४ र ५ भागमा विभाजित गर्न लागेको आरोप लगाउदै, यसको लागि सबै दल मिलेर मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपालमा बन्न लागेको नया संविधान जनताको चाहना अनुसार नभई केवल तीन ठुला दलको स्वार्थ अनुसार बन्न लागेको आरोप लगाउनु भयो । नया बन्ने संविधान जनमुखि नबन्ने भएकोले आगामी बैशाष १८ गतेदेखि सिहदरवार र संविधान सभाहल घेराउ शुरु गरी आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: