• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रहरीको सहयोगमा अपहरण मुक्त

ओमप्रकाश, बीरगंज, फागुण, १४ – भारतको रक्सौलमा समान खरिद गर्न गएका हेटौडा ११ निवासी सुकलाल थिगंलाई पर्सा प्रहरीले आज दिउसो सकुशल अपहरण मुक्त गरेको छ ।
आफनो परिवारलाई साथमा लिएर पसलको सामान खरिद गर्न बुद्यवार साझ भारतको रक्सौल पुग्नु भएको ३५ बर्षिय सुकलाल थिगंलाई अज्ञात समुहले नियन्त्रणमा लिएर अपहरण गरेको थियो । थिगं अपहरण भएको खवर उनका श्रीमतीले आज जिल्ला प्रहरी कार्यालय पर्सामा दिएपछि पर्साबाट प्रहरी नायव उपरिक्षक संजिव शर्माको नेतृत्वमा गएको टोलीले खोजतलाशको क्रममा रक्सौलको एक अज्ञात स्थलबाट थिगंलाई मुक्त गर्न सफल भएको हो ।
थिगंलाई अपहरण गरेपश्चात हिजै अज्ञात समुहले भारतीय मोबाईलबाट फोन गरेर १० लाख रुपैया फिरौती मागेको थियो । अज्ञात समुहले रकम नदिएमा वा प्रहरीलाई खवर गरेमा मारेर फयाकने धम्की समेत दिएको थियो । तर पर्साका प्रनाउ शर्माको नेतृत्वमा गएको टोलीले उनलाई रक्सौलबाट सकुशल अपहरणमुक्त गर्न सफल भएको थियो ।
नेपाल प्रहरीको पूर्व हवल्दार समेत रहेका थिगंलाई अपहरण मुक्त गराउन पर्सा प्रहरीले थिगंकै मानिस भएर पैसा पुर्‍याउन जाने नाटक रचेर भारतीय प्रहरीको सहयोगमा थिगंलाई मुक्त गर्न सफल भएको पर्साका प्रहरी निरिक्षक भुवनेश्वर साहले जनाएका छन् । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: