• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मनि राई गोठालेको कथाकृति युद्धसमाधिको विमोचन

मलेसियाका अग्रज साहित्यकार मिन राई गोठालेद्धारा लिखित कथा संग्रह युद्ध समाधि क्वालालम्पूरस्थीत द गोर्खाज रेष्टुरेन्टमा सानी बच्ची निङ्वा लिम्बूको हातबाट विमोचन भएको छ । मलेसियाबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा कार्टुनकारको रुपमा समेत चिनिएका मनि राई गोठालेकोयो प्रथम कृति हो । विमोचन समारोहमा नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसियाका अध्यक्ष विपिन राई एनआरएन अन्तर्राष्ट्रिय कमिटिका सदस्य भीम शेरचन अनेसास मलेसियाका अध्यक्ष पदमदुःखी सम्बाहाङ्फे अनेसास मलेसियाका पूर्व अध्यक्ष इन्द्र नारथुङे अनाममण्डलीका अध्यक्ष श्रीजनश्रीको उपस्थिति रहेको थियो ।अतिथिहरुले यस्ता कृतिको आगमनलेमलेसियामा रहने नेपालीहरुको शानबढाइदिएको तथा यस्ता कृतिहरु अिलढिलो प्रकाशित भएको टिप्पणी गरेका थिए । एनआरएनका केन्द्रीय सदस्य भीम शेर चनले ५५ देशमा एनआरएन विस्तार भएको र ५५ देशबाटै सर्जकहरुको प्रचारप्रसार गर्ने वचनवद्धता पनि राख्नुभएको थियो ।mmm

 पुस्तकका समिक्षकसमेत रहेका इन्द्र नारथुङेले मलेसियाको प्रकाशित कृति भनेर जुनै अन्य मुलुकमा रहेका साथीहरुलाई उपहार दिनुपर्दा युद्धसमाधि दिइनुपर्छ भनेर भन्नुभएको थियो । किरात याख्खा छुम्मा मलेसिया मकालु संखुवासभा सम्पर्क समिति मलेसिया तथा आफ्ना नयाँ र पुराना गरी जम्मा १५ वटा कविता सुनाइएका थिए । उत्साही सर्जकहरु श्रीजनश्री दिलदुःखी जन्तरे रुवेन पुन विनो लामा रविन्द्र राई अधुरो सन्तोष मावुहाङले मनि राई गोठालेमा समर्पितकविता तथा गजलहरु वाचन गरिएका थिए ।

हाम्रा पूर्खाहरु झोलीतुम्बी बोकेरयही भूमिमा पानी पिउँदै शत्रुहरुसँग लडेका लड्यै गरेहामी पनि के कम उनै का सन्तान ९९ पिएर यही भूमिमा लडेका लड्यै छौ । कुनैबेला मलेसियाकाअग्रज साहित्यकार मनि राई गोठालेले विभिन्न साहित्यिक गोष्ठिहरुमा यस उद्गार छोड्ने गर्दथे । वास्तवमै मलेसियामा रहने नेपालीहरुको लागि यो उद्गार सार्थक भएको छ । उनका १५ कविताभित्र पनि डायस्पोरिक जीवनका यथार्थताहरुमा उनिएका थिए । मेचीदेखि कालीसम्म छोपिएन साडीले न सुरक्षित ढाक्न सक्यो अन्नपूर्ण माछापुच्छ्रे उन्नत बुथुरीको दुवै स्तन सकेन प्रयाप्त छोप्न साडीले वुथुरी साडी उनका कवितामा देशको जर्जरअवस्थार डायस्पोरामा रहने युवाहरुको अवस्थाबारे रे खाङ्कीत चित्रहरु पाइन्थ्यो ।
कस्मेटिक सुन्दरीको
तत्पश्चात पाईने
योनी दर्शनको कल्पना भित्र
छोराको स्कुल फिसबाट
चुपचाप सुटुक्कैपाँच आर।एम घटाउदै छु
पारदर्शी अग्राख
पुनर्रसंरचित देशमा हुनुपर्ने स्वायत्तताको बारेमा आप्नो दृष्टिकोण स्पष्ट पारेका छन् । अलिकति पहिचान चिन्नलाई खोज्दै प्रतिविम्व ईतिहासहरुमा पूर्ण हेरौ भन्छु आफैलाई एउटा निराकार आकार खोज्छ मांसपिण्ड अस्तित्वहरु स्वायत्तता ५ घण्टे लामो कार्यक्रममा हलचल नगरी सुनिरहेका श्रोताहरुले बीचबीचमा कविताका केही टुक्राहरुले उत्साहित बनाई ताली बजाउँदा हल गुाजायस हुन्थ्यो ।मनि राई गोठालेको व्यक्तिवृतमा उभिएर पदमदुःखी सम्बाहाङ्फे कोपिला गौतम र जीवन देवान गाउँलेले गोठालेको जीवनीलाई उदाङ्गो पार्ने कोशिष गरेका थिए । युद्धसमाधिका प्रकाशकसमेत रहेका किरात याख्खा छुम्मा र मकालु संखुवासभा सम्पर्क समितिका अध्यक्ष धनबहादुर दे वानको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई देवेन्द्र सुर्केलीद्धारा साचालन भएको थियो ।

नेपाल एयरलायन्सका शाखा प्रमुखको विदाई नेपाल वायू सेवा निगमका मलेसिया शाखा प्रमुख एसडी सिलवाल वढुवा भई ने पाल फर्कनलाग्नु भएकोमा मलेसियास्थित एनआरएन नेपाल विजनेश सोसाइटी अफ मलेसिया र नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसियाले संयुक्त रुपमा विदाई गरे को छ ।
नेपाली दुतावासका श्रम सहचारीसूर्यप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न विदाई कार्यक्रममा नेपाल पत्रकारमहासंघ मलेसियाका अध्यक्ष विपिन राई एनआरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल आइसीसी सदस्य भीम शेरचनले सिलवालको सफलताको कामनासहित मायाको चिनो उपहार प्रदानगरेका थिए ।विदाई हुनुभएका सिलवालले मलेसियाका नेपालीहरुबाट यतिका माया पाउने आशा नै नगरेको कुरा बताउँदै हर्षका आँशु पनि झार्नुभएको थियो । आपुनो २५ महिने कार्यकालमा कहिलै पनि केन्द्रलाईm स्पष्टीकरण दिनुनपरेको पनि बताएका थिए

कार्यक्रममा नेपाल विजनेश सोसाइटीका उपाध्यक्ष भवानीशंकर तिवारीले स्वागत मन्तव्य देवेन्द्र सुर्केलीकोसाचालन र सोसाइटीका अध्यक्ष कर्मा गुरुङको सभापतित्वमा सम्पन्न भएकोथियो ।धनकुटा चौबीस सम्पर्क समिति मलेसियाकोसंयुक्त आयोजना रहेको कार्यक्रम संग्रहको विमोचन तथा मनि राई गोठालेको एकल कविता वाचन गरी दुईचरणमा सम्पन्न भएको थियो । एकैचोटी दुईवटा कृतिको सार्वजानिक भएको समेत भएको भन्न सकिने विमो चन र एकल कविता वाचन समारोह मले सियाको लागि ऐतिहासिक कार्यक्रमकै रुपमा लिइएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: