सरकारसंग वार्तामा रहेको जनतान्त्रीक तराइ मुक्ति मोर्चा र मधेशी भाइरस किलर्स बीच एकिकरण भएको छ । सप्तरीको मधवापुर स्थित एक विद्यालयमा आयोजित एक कार्यक्रमका बिच दुबै समुहका अध्यक्षले एक अर्कालाइ माला लगाइ दिएर पार्टी एकिकरण भएको घोषणा गरेका छन ।
राजिव झाको नेतृत्वमा रहेको मोर्चा र अमरेन्द्र गोइतले नेतृत्व गरेको किलर्स वीच एकिकरण भएको हो । यस अघि गजेन्द्र मंडलको नेतृत्वमा रहेको तराइ संयुक्त जनक्रान्ति पार्टी वीच एकिकरण भएको थियो । एकिकृत पार्टीको अध्यक्षमा राजिव झा र किलर्सका अध्यक्ष अमरेन्द्र गोइतलाइ वार्ता टोलीको सदस्य तोकिएको मोर्चाका प्रवक्ता तथा वार्ता टोली संयोजक गजेन्द्र मण्डलले जानकारी दिनुभयो । जय कृष्ण गोइतको नेतुत्वमा रहेको अखिल तराइ मुक्ति मोर्चामा यस पुर्व रहेका गोइतले भने सो मोर्चा परित्याग गरी किलर्समा प्रवेश गरेको थिए । किलर्सका अध्यक्ष जय प्रकाश यादव मातृका यादवले नेतृत्व गरेको पुनर्गठित नेकपा माओवादीमा प्रवेश गरेपछि किलर्सको नेतृत्व गोइतले गर्दै आएका थिए । एकिकरण समारोहलाइ सम्वोधन गर्दै मोर्चाका अध्यक्ष झाले तराइको स्वतन्त्रताका लागि दृढतापुर्वक सरकारसंग बैचारिक बहसलाइ वार्ताको माध्यमबाट अगाडी बढाउनुका साथै मधेशमा क्रियाशिल सशस्त्र समुहरुलाइ गोलबन्द गर्ने अभियानमा जुटेको जानकारी दिनुभयो ।यसैगरी किलर्सका गोइतले मधेशी समुहहरु बिचको एकताले नै मधेश आन्दोलन उचाइमा पुग्ने बताउनुभयो ।
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्