• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सुदिप शर्मामाथी गोली प्रहार

ओमप्रकाश, बीरगंज, फाल्गुन,१५ – बीरगंजको तेजारथ टोलस्थित आफनै पसलमा बसिरहेका सुदिप शर्मालाई एक अज्ञात ब्यक्तिले गोली हानी घाइते बनाएको छ ।mmm
साझ करिव सवा सात बजेतिर शर्मा आफनो पसल साकम्भरी आयल स्टोरमा बसिरहेको बेला मुखमा कपडा बेरेको एक युवा आई एक्कासी उनीमाथि गोली प्रहार गरी फरार भएका थिए । गोली दाहिने छाती माथिबाट छिलिएर गएकोले शर्माको अवस्था सामान्य रहेको छ । उनलाई बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्काईएको छ । घाइते शर्माले आजसम्म आफुलाई कसैको थे्रट कल नआएको, तर आज भएको घटनाले आफुलाई झस्काएको बताए ।
तर्राईको महान पर्व होली नजिकिदै गईरहेको बेला बीरगंजमा फोनबाट धम्की आउने क्रम निकै बढेको छ । प्राय नेपाली नम्बरबाटै आउने फोनबाट होलीको खर्च माग्ने र दिन्न भनेमा वा फोन नउठाएमा मोबाईलबाट मैसेज गरी तलाई गोली हानी हत्या गर्छु भनेर धम्की आउने गरेपछि अहिले बीरगंजका स्थानीय उधोगी तथा ब्यापारीहरु फोन उठाउन समेत छाडेका छन् ।
यता प्रहरीले भने थ्रेट कलको बारेमा अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ बताउनु हुन्छ । पर्सा प्रहरीले घटना लगतै बीरगंजको सुरक्षा चेकजाचलाई निकै कडा पारेको छ ।  
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: