• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

क्रियाशिल युवा पत्रकारद्धारा होलीको शुभकामना आदान प्रदान

ओमप्रकाश, बीरगंज, फाल्गुन,१५ – बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारियाले वर्तमान अवस्थामा पत्रकारिता फष्टाउने प्रकारको काम गर्न अनुरोध गर्दै यदि यसो हुन सक्यो भने मात्र बीरगंजेली पत्रकारिताको विकास हुने भनेर जोड दिनुभएको छ ।mm
क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साले आज होटेल सम्झनामा आयोजना गरेको होलीको शुभअवसरमा मेलमिलाप तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष सिकारियाले विविधतामा एकताको संदेश खोज्न नसकेसम्म मुलुकमा संघीयता सफल हुन नसक्ने दावी गनुभयो । यसको लागि सबैको धर्म, सस्कृति र भाषाभाषिको एकताबाट मात्रै मुलुक र समाजको सदभाव वलियो हुनेमा जोड दिनुभयो ।
अध्यक्ष सिकारियाले होलीलाई अवगुणको नाश गरी सदगुणको विकास गर्ने पर्व भएकोले यसलाई हामीले सबै मनमुटावलाई मेटेर आत्मियता बढाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा राष्टिय फोटो पत्रकार समुहका अध्यक्ष राजु श्रेष्ठले तर्राईको महान पर्वको रुपमा चिनिने होली पर्वलाई मदिरा र झैझगडा मुक्त पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिदै, श्रेष्ठले आउदो होलीले हामी सबै नेपाली जनतालाई कानुनी राज्यको जनता हुने मौका प्रदान गरोस यसको लागि सबैलाई आग्रह समेत गर्नुभयो ।

फोमनका अध्यक्ष महेशचन्द्र गौतमले होली पर्वले स्नेत र आत्मियता प्रदान गर्ने भएकोले यसलाई सबै मिलेर जगाउनु पर्नेमा जोड दिनुभयो । साप्ताहिक पाक्षिक मोर्चाका अध्यक्ष शशि विचित्र, रिपोर्टस क्लवका कन्हैया गुप्ता, क्रान्तिकारी पत्रकार संगठनका सचिव कृष्ण उदास खनाल, पत्रकार बिजय चौहान र नेपाल कानु समाजको सह कोषाध्यक्ष बसन्त कुमार गुप्ताले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मञ्चका अध्यक्ष्ँ प्रणय साहको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको संचालन पत्रकार अलिअसगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य मञ्चका उपाध्यक्ष बिन्दुभुषणले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा फोमनका अध्यक्ष महेश चन्द्र गौतमले होली कविता वाचन गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: