जनकपुर टुडेका प्रकाशक अरुण सिंघानियाको हत्या

आज बिहानै देखी जनकपुर क्षेत्रको सुरक्षास्थिति कडा पारिएको छ ।
रोशनकुमार झा
जनकपुरधाम, फाल्गुन, १८, – जनकपुर टुडे दैनिकका प्रकाशक अरुण सिंहानियाको हिजो साँझ ६ बजे गोली हानी हत्या गरिएको थियो । जनकपुरको एफएम रेडियो टुडेका समेत अध्यक्ष रहेका सिंहानियाँमाथि सोमबार साँझ शिव चोकमा गोली प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको जिउमा तीन गोली लागेको प्रहरीले जनाएको छ ।mmm
साथीहरुसँग होली खेलेर घर फर्कने क्रममा दुई मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि आक्रमण गरेको जनकपुर टुडेका पत्रकार ईश्वरचन्द्र झाले बताएका छन्। उनको टाउकोमा दुई र छातीमा एक गोली लागेको छ। घटना लगत्तै सिंहानियालाई केयर मेडिकल नर्सिङ होम पुर्‍याइएको थियो। चिकित्सकले उनलाई तत्काल मृतक घोषणा गरेका थिए। सिंहानिया सो नर्सिङ होमका अध्यक्ष समेत थिए। उनका एक छोरा र एक छोरी छन् ।
हत्याराहरु गोली प्रहार गरी शिवचोक पूर्वतर्फ तीव्र गतिमा मोटरसाइकल चलाउँदै भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै झाले बताए। गोली प्रहार भएको ठाउँभन्दा ५० मिटर पर प्रहरी समूह थियो, झाले भने तैपनि हत्यारा भाग्न सफल भयो ।
धनुषा प्रहरी प्रमुख श्याम खड्काले हत्याराको खोजी भइरहेको बताए। हत्या अभियोगमा कसैलाई पक्राउ नगरिएको बताउँदै उनले भने, ुसबै नाका थुनेर खोजी कार्य भइरहेको छ। हत्यापछि जनकपुर क्षेत्रको सुरक्षास्थिति कडा पारिएको छ ।
जनकपुर टुडेका सम्पादक बृजकुमार यादवले सिंहानियाको हत्यालाई सञ्चार क्षेत्रमाथिको आक्रमण भन्दै प्रहरी प्रशासनले सञ्चारकर्मी तथा सञ्चार क्षेत्रमाथि सुरक्षा दिन नसकेकामा आक्रोश व्यक्त गरे ।
 
यसअघि रेडियो टुडेमै कार्यरत उमासिंहको हत्या भएको थियो ।

13 Responses

  1. के हो यो ?मुर्दा घर हो कि नेपाल हो

  2. के हो यो ? मुर्दा घर हो कि नेपाल हो

  3. K bahko yasto hamro Nepal ma ???? hamra des ko sarkar ani surakshya kaha chha ????

  4. किन पटक पटक हत्या जनकपुरमा नै हुन्छ ? यो भन्दा पहिला को धेरै हत्यामा पुलिस प्रशानले गराएको पुस्टि भाईसकेको अबस्तामा कै यो हत्या पनि पुलिसले गराएको त हैन ?

  5. hatya ko karan je hosh tar yo hamro system knapunsak vaye ko parman ho. Janta le yatro balidan diyer banayeko yo naya Nepal yasto hune ho vane yo desh ma manushy vayer janman sabailai sochnu parne ho? ab Janta le insaf garnu paryo Janta lai ke chahincha. aaj public servent nai public owner vayecha.

  6. nepal ko kanun ra surksha mantri ra griha mantri ko pocket ma chaaaa .ahi ho nepal ko naya surksha niti .ka gardai ch ra surksha dena ee police haru ,sabi bhata khana matra ho .auta ptrakar ko hatya huda hudai kahi huna sakana .asta sp dsp lai on the spot marnu parcha .badrijha@rocketmail.com.press reporter.himalini kat

  7. Jai ho prchand jii ….

  8. दु:ख लाग्यो फेरी येस्तो खबर सुन्न नपरोस

  9. Yo kun serial attack designer ho? Media mathi matrai ankha kina? Nepali ko hat hoina yo. Sabdhan nepali ho!

  10. yo sabai YCL ko kam ta hola nee

  11. so sad………………

  12. aba hami aaifai lya nai ke gairnu par6 jasto cha.. yasho sochda ta incounter nai gairnu par6 aba ta

  13. This is really very sad and not good. Who killed him oneday somebody also will kill to them.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: