• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यापछि जनकपुर शोक मग्न

जनकपुरधाम, फाल्गुन, १८, – जनकपुर टुडे सञ्चार समुहद्वारा सञ्चालित रेडियो टुडे ९१ मेगाहर्जका अध्यक्ष एवं जनकपुरको सर्वाधिक लोकप्रिय क वर्गको राष्ट्रिय दैनिकका प्रकाशक अरुण कुमार सिँघानियालाइ सोमबार साँझ शिवचोकमा गोली हानि हत्या गरिएपछि जनकपुर नगरबासी शोकमा डुबेका छन ।mm

स्व सिँघानिया जनकपुर टुडेका प्रकाशक रेडियो टुडेका अध्यक्ष केयर मेडिकल नर्सिग होमका प्रबन्ध निर्देशक केयर टेक्निकल इन्स्टिच्यूटका सञ्चालक थिए । उनी सञ्चार र स्वास्थय तथा शिक्षामा लगानी गरेका थिए ।जनकपुर नगरपालिका वडा नं‌ ४ बस्ने ५० वर्षिय सिँघानियाको एक छोरा एक छोरी मातापिता र श्रीमती छन ।

उनी मारवाडी सेवा समिति जनकपुरका अध्यक्षपनि हुन । धार्मिक र समाजिक क्षेत्रमा कृयासिल सिँघानिया शिवचोक नजिकैको एकजना आफन्तको घरमा आयोजित धार्मिक समारोहबाट आफ्नो घर फर्कन लागेको बेला अज्ञात समुहले उनलाइ नजिकैबाट निधारमा एक राउण्ड गोली प्रहार गरेको थियो ।चिकित्सकहरुका अनुसार उनको मृत्यु घटनास्थलमा नै भएको थियो । संचार उद्यमी अरुण सिंहानियाको हत्या पछि जनकपुर शोक मग्न छ ।

सिंहानियाको पार्थिव शरीर राखिएको मिल्स एरियास्थित केयर नरसिंह होममा आम नागरिकको ठूलो भीड लागेको छ ।घटनाको सूचना सार्वजनिक भए लगतै जनकपुर शोक मग्न भएको थियो । हजारौं सर्वसाधारण नर्सिंग होममा जम्मा भएका थिए ।अन्तिम श्रद्धाञ्जली दिन नर्सिंग होममा आम नागरिकको भीड बढदोछ । स्थानीयवासीहरु स्वस्फूर्त रुपमा बाजार बन्द गराएका छन । शान्ति सुरक्षाको बिग्रिदो अवस्थाप्रति आम नागरिकमा आक्रोश छ ।

जनकपुर टुडे प्रकाशन गृह र माडवारी सेवा समितीकासमेत अध्यक्ष् रहेका पचास वर्षिय अरुण सिंहानियाको एकमात्र छोरा राहुल अझै पनि जनकपुर फर्केका छैनन । उनि दिल्लीमा एमविएका पढाइ गर्दै छन । उनको पिता बद्रीप्रसाद सिंहानियाको अवस्था पनि चिन्ता जनक बनेको छ । आज विहान एमाले स्थायी कमिटी सदस्य रामचन्द्र झा केयर नर्सिंग होम पुगी सिंहानियाको अन्तिम दर्शन गरेका थिए र शोक मग्न परिवारसंग पनि भेटेका थिए ।

एमाले नेता झाले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै यसलाइ संचार गृहमाथिको आक्रमणको संज्ञा दिनु भएको छ ।उनले दोषीलाइ पक्राउ गरी कानून वमोजिमको कार्यवाहीको मांग समेत गरेका छन।यसै गरी जनकपुरमै रहेका भौतिक योजना तथा निर्माणराज्य मन्त्री संजय साहले समेत घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन । उनले स्थानीय प्रहरी प्रशासन अपराध नियन्त्रण गर्न पूर्णतस् असक्षम रहेको आरोप समेत लगाएकाछन ।घटनाको विहान छिटफूट खुल्न लागेको बाजार स्थानीयवासीले बन्द गराएका छन ।संचार उद्यमी सिंहानियाको हत्याप्रति नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष् उमेश साह जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्यामप्रसाद साहले पनि गहिरो दुख व्यक्त गरेका छन। दुबै संस्था आज विहान आपात बैठक बोलाइ संघर्षको घोषणा गर्ने जनाएका छन ।

यसैगरि नेपाली काँग्रेसका महामन्त्रि विमलेन्द्र निधिले घटनालाइ कायरतापूर्ण भन्दै दोषीलाइ तात्काल पक्राउगरि कार्वाही गर्न माग गरेका छन ।एमाले केन्द्रिय सदस्य रघुबीर महासेठले घटनाप्रति गहिरो दुख व्यक्तगर्दै सञ्चार उद्यमी सिँघानियाको हत्या मधेशी बिरोधी तत्वहरुले गरेको हुन सक्ने जनाएकाछन । राष्ट्रपति डा‌ रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले घटनाको भत्सर्नागर्दै सुरक्षाको प्रत्याभूति दिन माग गरेकाछन ।बरिष्ठ पत्रकार हरिहर बिरही राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य उदयकान्त ठाकुरले घटनाको भत्सर्नागर्दै सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन । नेपाली काँग्रेस धनुषाका सभापति एवं सभासद रामसरोज यादवले सिंघानियाको पार्थीव शरिरमा अन्तिम श्रद्धाञ्जली दिदै घटनामा संलग्न दोषीहरु उपर कार्वाहीको माग गरेका छन ।

महोत्तरी पत्रकार संघका अध्यक्षा हरीप्रसाद मण्डलले पनि दिवंगत आत्माको चीरशान्तीको कामनागर्दै पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन । समवेदना व्यक्त गर्नेहरु घटनाको निन्दा गरिरहेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: