पत्रकारद्धारा धर्ना

बीरगंज,फाल्गुन, १९, – जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिघानियाको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेटमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।mm

जनकपुर टुडे र रेडियो टुडेका अध्यक्ष रहनु भएका सञ्चार उद्यमी सिघानियाको गत फागुण १७ गतेका दिन होली खेलेर आफनो घर फर्कदै गर्दा मोटरर्साईकलमा चढेर आएका केही ब्यक्तिले गोली हानेर हत्या गरेको थियो । सोही हत्याको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आह्वान गरेको संघर्षको कार्यक्रम अर्न्तर्गत आज अधिराज्यभरीकै जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिने कार्यक्रम रहेको थियो ।

 
सोही कार्यक्रम अर्न्तर्गत पर्सा जिल्ला समितिका अध्यक्ष शत्रुध्न नेपालको नेतृत्वमा मुर्ली बगैचाबाट निस्केको विरोध रयाली नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पर्साको मुलगेटमा आधा घण्टा धर्नामा परिवर्तन भएको थियो । धर्नामा बसेका सञ्चारकर्मीहरुले लाचार गृहमन्त्री राजीनामा दे । सञ्चार उद्यमी अरुण सिघानियाको हत्यारालाई कारवाही गर । जमिम शाहको हत्यारालाई कारवाही गर । जस्ता नाराहरु लगाएका थिए ।
धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेश दास, पूर्व केन्द्रीय उपाध्यक्ष इश्वरचन्द्र गौतम, बरिष्ठ पत्रकार जगदिश शर्मा र दिपेन्द्र चौहानले आफनो मन्तब्य राख्नु भएको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: