मर्यादित परिक्षा प्रणाली बिषयक अन्तरक्रिया

ओमप्रकाश, बीरगंज, फागुण, २१, – सामाजिक संवादको लागि सहकार्यले आयोजना गरेको मर्यादित परिक्षा प्रणाली बिषयक अन्तरक्रिया कार्यक्रममा वर्तमान परिस्थितीमा भईरहेको अमर्यादित परिक्षाको दुरावस्थाले गर्दा हाम्रा सन्ततिको भविष्य संकटमा पर्न जाने भएकोले प्रत्येक तहको परिक्षा मर्यादित र सुब्यवस्थाको लागि सहभागी सबैले एक्यबद्धता जाहेर गरेका छन् ।

 
कार्यक्रममा उपस्थित कलेज तथा विद्यालयसंग आवद्ध विभिन्न शिक्षक संगठनका पदाधिकारी, नगारिक समाज, अधिवक्ता, बुद्धिजिवि र सञ्चारकर्मीहरुले डा। सुरेन्द्र लाभले प्रस्तुत गर्नु भएको कार्यपत्रमा हस्ताक्षर गरेर यस्तो प्रतिबद्धता गर्नु भएको हो । आगामी चैत्रमा शुरु हुन लागेको एसएलसी परिक्षालाई मर्यादित बनाउनको लागि गरिएको यस कार्यक्रममा पर्सा जिल्लाका प्रजिअ यादब प्रसाद कोईरालाले प्रमुख अतिथिको आसनबाट बोल्दै परिक्षा मर्यादित बनाउनक समाजको सबै वर्गको इमान्दार प्रतिबद्धताको आवश्यक्ता हुने भएकोले यदि सबैको सहयोग भएमा आफनो कार्यकालमा कुनै पनि परिक्षा अमर्यादित हुन नदिने प्रतिबद्धता गर्नु भएको छ ।

स्थानीय बिकास अधिकारी उद्धव तिमिल्सिनाको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताहरुले परिक्षा मर्यादित बनाउनको लागि सबैभन्दा पहिले अभिभावक त्यसपछि राजनीतिक दलको नेताहरु मर्यादित हुनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले परिक्षा मर्यादित बनाउनको लागि सबैको नियत पनि स्पष्ट हुनु पर्नेमा जोड दिएको थिए । त्यसकारण अरुको टाउको दोष थुपार्नुको साटो बरु हामीले मर्यादित परिक्षाको लागि कस्तो प्रकारको शिक्षा दिईरहेको छौ त त्यसको पहिले अनुसन्धान हुनु पर्नेमा जोड दिएका थिए ।

सामजिक संवादको लागि सहकार्यले यसभन्दा अगाडी जनकपुर, मलंगवा र काठमाडौमा सरोकारवालाहरुको बसेको बैठकबाट मर्यादित परिक्षाको लागि प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा डा। सुरेन्द्र लाभले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: