प्रहरी र स्थानिय बीच झडप ५ जना घाईते

महोत्तरी, फाल्गुन, २३, – महोत्तरी जिल्लाको हलखोरी गाउ विकास समितिमा प्रहरी र स्थानिय वासिन्दाबीच झडप हुदा प्रहरी सहायक निरीक्षक सहित पा“च जना सख्त  घाईते भएका छन् ।mm

 
घाईते हुनेमा हलखोरी प्रहरी चौकीका ईन्चार्ज प्रसनी दिपनारायण राउत र हलखोरी कै नरेश यादव सहित चार जना स्थानिय वासिन्दाहरु सख्त घाईते भएको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाईते राउतको उपचार जलेश्वर अस्पतालमा भै रहेको छ भने स्थानिय वासिन्दाहरुको उपचार स्वास्थ्य चौकी हलखोरीमा भई रहेको छ । टाउको फुटेको र शरीरभरी नै चोटपटक लागेका प्रहरी सहायक निरीक्षक राउतको अवस्था गम्भीर रहेको छ ।

हलखोरी ८ का जुलाई यादव र नरेश यादवकी श्रीमति बीच घास काटने विषयमा भएको झगडामा प्रहरीले जुलाई यादवलाई पक्राउ गरी कुटपीट गरी घाईते बनाएको र निजको श्रीमतिलाई अभद्र व्यवहार  गरेको आरोप लगाउँदैं स्थानीयबासिन्दाले प्रहरी चौकी हलखोरी घेराउगरी ढुङामुढा गर्न थाले पछि दोहोरो झडप शरु भएको थियो ।

करिव १ घण्टा सम्म चलेको दोहोरो झडपलाई नियन्त्रणमा दिलन प्रहरीले ३ राउण्ड अश्रु ग्याँस र ७ राउण्ड हवाई फायर गरेका थिए । घछनाको सम्बन्धमा छानवीनका लागि प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा प्रहरी परिचालन गरिएको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक संजय राज शर्माले बताउनु भयो ।

अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीपरिचालन गरिएको छ भने अवस्था साम्य बन्दै गएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: