• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

महिला सुधार समितिद्धारा टोल सफाई

ओमप्रकाश, बीरगंज, फाल्गुन २४, – बीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले अहिले सर्वत्र कार्यक्रमहरु हुने गर्दछ तर हामीले कार्यक्रम भन्दा पनि कार्यक्रमको उद्धेश्यलाई महत्व दिनु पर्नेमा विशेष जोड दिनु भएको छ ।mm

 
नेपाल महिला सुधार समिति नगर कार्य समिति कुम्हालटोलले आज नारी दिवसको अवसरमा आयोजना गरेको टोल सरसफाई कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै डा। शाक्यले यस्तो जोड दिनुभएको हो । उहाले अहिलको वर्तमान अवस्थामा मुखले मात्र महिलाको हक अधिकार खोज्ने होईन अब हामीले ब्यवहारमा पनि महिलाको हक अधिकार दिनु पर्नेमा जोड दिनुभयो । साथै उहाले यसप्रकारको कार्यक्रममा आफनो र आफनो संस्थाको तर्फाट सक्दो सहयोग गरिरहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक योगबहादुर पालले अहिले अन्तर्राष्टियस्तरमै महिला हक अधिकार र सशक्तिकरणको कुरा उठिरहेकै बेला महिला सुधार समितिले आज गरेको कार्यक्रम एकदमै सरहानिय भएको बताउनु भयो । उहाले यसको लागि केवल महिला मात्र नभई समाजको सबै वर्गले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बीरगंज उपमहानगरपालिका कार्यालयका अधिकृत बिजय डंगोल, ठाकुर राम वहुमुखि कलेजका प्राध्यापक प्रमोद गुप्ता, जेसीजका पूर्व अध्यक्ष अमर गौतम, मधेसी युवा फोर्सका केन्द्रीय सल्लाहकार राजनारायण मिश्र र प्रहरी सहायक निरिक्षक सृजना खडकाले नगर सफाईमा नारीको भुमिकाको बारेमा बोल्नु भएको थियो ।
समितिका अध्यक्ष मीनु देवी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य विनोद परियारले गर्नु भएको थियो भने, कार्यक्रमको संचालन समितिका उपाध्यक्ष सृजना मानन्धरले गर्नु भएको थियो ।

कार्यक्रमको समापनपछि समितिको संयोजकत्वमा जेलरोडको सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा डा. दिपक शाक्य, प्रहरी नायव उपरिक्षक योग बहादुर पाल, बीरगंज उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रकाश अमात्य लगायत सुरक्षाकर्मी र स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
आजको सरसफाई कार्यक्रममा बीरगंज पब्लिक कलेज, बीरगंज नगरपालिकाका सरसफाईका कर्मचारीहरु, मास्कोट वोर्डिङ्ग लगायतहरुले सहयोग गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: