• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ब्युटिसियनद्धारा जनचेतना कार्यक्रम संचालन

ओमप्रकाश, बीरगंज, फाल्गुन २५, – नेपाल ब्युटिसियन संघ पर्साले नारी दिवसको अवसरमा हिजो बीरगंजस्थित महिला कारागारमा पुगी नारी सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेको छ ।mm

 
विद्यार्थी जागरण मञ्च पर्साका मुनु घिमिरेले नारी दिवसको अवसरमा नारीहरुको राजनीतिक र सामाजिक चेतनाको बारेमा जानकारी तथा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा उपस्थित करिव ५४ जना महिला कैदीहरुलाई कारागारमा बसेर आफुमा चेतनाको विकास गर्न सके भोलीको दिनमा कारागारबाट वाहिर निस्केर समाजमा पूनर्स्थापित हुन सजिलो हुने बताउनु भयो ।

संघका जिल्ला अध्यक्ष मन्दाज श्रेष्ठको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले यदि महिला कैदीहरुलाई ब्युटिसियन सम्बन्धी तालिम लिन इच्छुक भएमा आफुहरु सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । कार्यक्रमको संचालन संघका सचिव सलोनी जयसवालले गर्नु भएको थियो । कार्यक्रममा संघले सम्पूर्ण महिला कैदीहरुलाई नारी दिवसको उपलक्ष्यमा मिर्ठाई वितरण गरेको थियो ।
कार्यक्रममा जिल्ला कारागारका प्रमुख उपेन्द्र बहादुर ढुङ्गाना, विद्यार्थी जागरण मञ्चका सूश्री सवीता सिंह लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पश्चात ब्युटिसियनहरु पुरुष कारागारको समेत भ्रमण गरी त्यस बारेमा जानकारी लिएका थिए । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: