फोरमद्वारा आन्दोलनको घोषणा

सरकारले दायित्व पुरा गर्न नसकेको, नागरिकको चाहाना विपरीत कार्य गरिरहेको र हत्या हिंशा नरोकेको भन्दै मधेसी जनअधिकार फोरमले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।mm

राजधानीमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फोरमले चैत्र ५ गतेदेखि २७ गते सम्म आमहडताल लगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
फोरमले चैत्र २६ र २७ गते तराईका जिल्लाहरुमा आमहडतालको घोषणा गरेको छ । यस्तै चैत्र १६ गते प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा माग गर्दै सरकारविरुद्ध कालो झण्डा प्रदर्शन गर्ने, चैत्र ५ देखि ९ गते सम्म तराईका जिल्लाहरुको सदरमुकाम तथा निर्वाचन क्षेत्रहरुमा विरोध सभा गर्ने, चैत्र २२ र २५ गते तराईका जिल्लाहरुको सदरमुकाममा साँझ मसाल जुलुस प्रदर्शन गर्ने, १४ गते लाठी जुलुस, १८ गते मोटरसाइकल र साइकल र्‍याली, २० गते जिल्ला सदरमुकममा कोणसभा गर्ने फोरमले निर्णय गरेको छ ।
यस्तै फोरमले चैत्र २४ गते तराईका जिल्लाहरुमा विहान १० देखि ५ बजे सम्म जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै धर्ना दिने निर्णय गरेको छ ।
यसअघि फोरमले लोकतान्त्रिक मधेसी मोर्चासंग सरकारले गरेको सहमति कार्यान्वयन गर्नु पर्ने माग राख्दै गत माग २ गते देखि २० गते सम्म चरणबद्ध आन्दोलन गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: