आदरणीय श्रमिक सहकर्मी साथीहरु
नेपाली पत्रकार व्यावसायी विद्यार्थी कर्मचारीलगायतका सम्पूर्ण प्रगतिशिल तह र तप्कामा रहनुभएका तमाम समुदायमा प्रगतिशील श्रमिक मोर्चाको तर्फबाट अभिवादन ।mm
नेपाली पत्रकार व्यावसायी विद्यार्थी कर्मचारीलगायतका सम्पूर्ण प्रगतिशिल तह र तप्कामा रहनुभएका तमाम समुदायमा प्रगतिशील श्रमिक मोर्चाको तर्फबाट अभिवादन ।mm
आदरणिय संघर्षशील योद्धाहरु १ विगत २ वर्ष अगाडि नै यो मलेसियाको प्रवासी भूमिमा यहाँको श्रमबजारका अव्यस्थित व्यवस्थापन श्रमिकका पीडाहरुको बोध गर्दै त्यसको समाधानको सरलीकरणका लागि हामी तमाम मजदुरहरुको बीचबाट विशुद्ध क्रान्तिकारीहरुको एकताको डोरीमा बाँधिदै नामाकरण गरिएको नेपाल प्रगतिशील श्रमिक मोर्चा मलेसिया २०६५ स्थापना भएको कुरा सर्वविदित नै छ । त्यसैक्रममा यो श्रमिक बजारमा विभिन्न महत्वकांक्षाको आशामा भित्रिनु पुगेका हृदय प्रतिक्रान्तिकारी र भौतिक शरीरमा क्रान्तिकारीको बिल्ला भिर्दै हिड्ने गैर क्रान्तिकारीहरुको पर्दा वास्तविकतालाई पर्दाफास गर्न एकतहसम्म हामी सफल भएका पनि छौ । हामी श्रमजीवि मजदुरहरुका बीचमा विभिन्न भ्रम छर्दै आफ्ना कित्तामा आवद्ध गर्ने चाहना बोक्ने राष्ट्रिय दलाल तथा देशीय अग्रगमनका बाधकहरु आफ्नो पक्षले समग्र राष्ट्रमा नै जनशुन्यताको महसुस गर्दे छुट्याएर यहाँसम्म आफ्ना हितैषीहरु खोजी मेली गर्न लागिपरेको परिप्रेक्षमा त्यस्ता पक्षबाट सजग र सचेत रहँदै वैचारिक अस्त्रको माध्यमबाट परास्त गर्नुपर्दछ । आज देश राजनीतिक संक्रमणकालिन अवस्थामा गुज्रिरहको र जनताको अपेक्षाले सार्थकता प्राप्त गर्न नसकेको सन्दर्भमा देशभित्र र बाहिर पनि रहेका हामी तमाम युवाशक्तिहरुको राष्ट्रवादी देशप्रेमी अग्रगामी पक्षधरहरुको पक्षमा आफ्नो मत जाहेर गर्दै अदृश्यात्मक तथा दृश्यात्मक रुपमै देखा परेका देशका गद्दार अनि विस्तारवाद र साम्राज्यवादका पषधरहरुको विरुद्धमा उभिन र हाम्रो महान गौरवशाली पार्टी एनेकपा माओवादी को राष्ट्रिय स्वाधिनता आत्मनिर्भरता जनमुखि संविधान र नयाँ शासकीय संरचनाको पक्षमा उठाएको आवाजमा सहमति जनाएर देशलाई नयाँ नोपलको सफल निर्माणका पक्षमा उभिनु तमाम निम्न वर्गिय सर्वहारावर्गको साँचो पक्ष हो ।
तसर्थ आजका मितिसम्म मलेसियामा स्थापीत हाम्रो मोर्चाको करिब २ वर्षको अवधिमा अन्दाज होइन वास्तविक रुपमै क्षेत्रीय व्यूरो इकाईका रुपमा २० औं हजार सकृय सदस्यहरु निर्माण भएका छन् भने अब आगामी दिनमा त्यो निरन्तरताले अग्रस्थान ओगटी नै रहनेछन् । यसमा दुईमत नहोला । संगठनको निख्खारपन यसको व्यापक विस्तार र मोर्चाको अधिक तह र तप्काका निर्माणका लागि यहि फेव्रवरी २७ र २८ तारिक २०१० का दिन क्वालालम्पूरमा मोर्चाको व्यापक ऐतिहासिक वैठक विभिन्न पक्षहरुमा केन्द्रित निर्णय गदैै्र सम्पन्न भएको छ । मलेसिया पार्टी कमिटि सेक्रेटरी क। दर्शनको प्रमुख आतिथ्य तथा मोर्चाका उपाध्यक्ष क। पदम पुनको सभापतित्वमा भएको सो आम ऐतिहासिक बैठकले आगामी ३ महिनाभित्रमा मोर्चाको वृहद क्षेत्रीय अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशनमा जाने गरी क। विश्वको संयोजकत्वमा १३ सदस्यीय महाधिवेशन आयोजक समितिको चयन गरिएको छ भने त्यस अधिवेशनलाई यहाँस्थित पार्टी कमिटि सेत्रेुटरी क। दर्शनको सल्लाह सुझाव र संरक्षकत्वमा एनेकपा माओवादी केन्द्रीय समिति तथा पार्टी विदेश विभागको परामर्श अनि प्रमुख आतिथ्यका रुपमा सहभागी रहनेछ ।
आदरणीय श्रमयोद्धाहरु आजको यो गौरवमय घडिमा हाम्रो मोर्चाको यो महान निर्णय र आम लक्ष्यप्रति सहभागी भै वर्गदुस्मनप्रति विजयको संखघोष गर्न पनि यो कार्यक्रम सफल हुनेछ भन्ने मोचाको केन्द्रीय समितिको अपेक्षा रहेको छ ।
विभिन्न अवसरवादी चिन्तनले संगठन प्रवेश गरी संगठनलाई कुनै जानकारी नै नदिई संगठनको अनुशासनको कुनै प्रवाह नै नगरी अन्यत्र संगठनको छानोभित्र बसाइँ सर्न पुगेका गैर क्रान्तिकारीहरु क्रमशः दीपक बोगटी तथा निरज गौलीलाई पनि यो आम ऐतिहासिक भेलाले साधारण सदस्यतासमेतबाट निस्कासित गर्दै सामाजिक पार्टी सांगठानिक अनि समग्रमा आम मानव समुदायकै अनुशासन पद्दति बिस्रने ति र त्यस्ता घातक विचारहरुको कित्ता नै स्पष्ट हुन गएको र त्यस्तो विचार बोकेका कुमित्रहरुप्रति संगठन घृणा जाहेर गर्न चाहन्छ । समग्रमा शक्तिको आडमा आफ्नो समय अनुकुल वातावरण निर्माण गर्ने हेतुले कुनै पनि बेला कुनै पनि अवस्थामा जता पनि बसाई सर्न पछि नपर्ने कोठरीकी नारीजस्तो प्रवृतिले वास्तवमै कसैसँग घरजम नहुने हुँदा त्यस्तो घरजमको ’boutमा सोचविचार नगर्नु नै वेश ठानिएको छ ।
आगामी दिनहरुमा शक्तिको आडमा हाम्रा समस्याहरु समाधान गर्छौ भन्दै बजारमा देखिने सामन्तवादी तथा पुँजीपति दलालहरुको भण्डाफोर गर्दै मोर्चामा आवद्ध हुन बाँकी रहेको तमाम प्रगतिशील जन समुदायमा मोर्चामा आवद्ध रहँदै नया नेपाल निर्माण प्रक्रियामा पार्टीले थालनी गरेको अभियानमा होस्टेमा हैंसे गर्नका लागी नेपाल प्रगतीशिल श्रमिकमोर्चा हार्दीक आपिल गर्दछ ।
नेपाल प्रगतिशील श्रमिक मोर्चा
केन्द्रिय समिति मलेसिया
उपाध्यक्ष बिक्ष्णु बुढा मगर
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्