• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

थारुले निकाल्यो मसाल जुलुस, भोलि तराई बन्दको आव्हान

जनकपुरधाम, फागुन  ३०, आठवटा थारू संगठनहरुले तराईका जिल्लालाई मधेसीकरण गर्न लागेको भन्दै शनिबार सांझ तराईका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।mm

उनीहरुले तराईका जिल्ला सदरमुकाम, राजमार्ग, बजार तथा गाउँगाउँमा मसाल जुलुस निकालेका छन् । उनीहरुले संविधान निर्माणमा भइरहेका ढिलाई, संविधानसभाको म्याद थप्ने परिपंच, संविधानसभाका प्रारम्भिक मस्यौदाहरूमा आदिवासी, जनजाति, मुस्लिम, दलित तथा अल्पसंख्यकहरूको अधिकार स्थापित नगरिएको विरोधमा उनीहरुले साँझ तराईका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

सरकारले गतवर्ष चैत १ गते थारू कल्याणकारिणी सभा लगायतका संस्थाहरूसँग ६ बुँदे सहमति गरेको भने सहमति कार्यान्वयन गर्नुको सट्टा सरकार सहमति तुहाउने काममा लागेको भन्दै आन्दोलित हुन बाध्य भएको थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
शुक्रबार राजधानीको समिट होटलमा आफूहरुसंग सरकारले वार्ता गरेको भएपनि वार्तामा सरकार गम्भिर रूपमा प्रस्तुत नभएको उहाँको आरोप छ । उहाँका अनुसार थारू लगायतका आदिवासी समुदाय तथा तराईका दलित, मुस्लिम एवं अल्पसंख्यक समुदाय पुनः आन्दोलित भएपछि सरकारले वार्ताको जाल फालेको थियो, तर सफल सरकारको त्यो अभिष्ट पूरा हुन सकने ।
थारू लगायतका तराईका आदिवासी, दलित, मुस्लिम तथा अल्पसंख्यकहरूले तराईमा बहुप्रदेशको माग गरिरहे पनि यस मागप्रति संविधानसभा अलिकति पनि संवेदनशील नदेखिएको उनीहरुले भोलि आइतबार घोषित तराई बन्द तथा आम हडताललाई झनै कडा पार्ने निर्णय गरेका छन् । उसले बन्दका क्रममा एम्बुलेन्स, दमकल, कुटनीतिक नियोगका सवारी साधन, पत्रकारका सवारी साधन भने चल्न दिने जनाएको छ ।
अन्य सवारी साधन, उद्योगधन्दा, कलकारखाना, बजार, शिक्षण संस्था भने खुल्न नदिने जनाएको छ ।उसले शान्तिपूर्ण आमहडतालका विरूद्ध सरकारले दमन गर्ने काम गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार नेपाल सरकार नै हुने चेतावनी पनि दिएको छ । 

One Response

  1. संविधान निर्माणमा भइरहेका ढिलाई, संविधानसभाको म्याद थप्ने परिपंच, संविधानसभाका प्रारम्भिक मस्यौदाहरूमा THARU SAMAJKA R आदिवासी, जनजाति, मुस्लिम, दलित तथा अल्पसंख्यकहरूको अधिकार स्थापित GRIGU PARNE

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: