• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सशस्त्र र तस्करबीच झडप, चार सुरक्षाकर्मी घाइते

ओमप्रकाश, बीरगंज, फागुन  ३०, – बीरगंज भन्सार कार्यालय अगाडी गएराति सशस्त्र प्रहरीको टोलीले तस्करको गाडी रोक्ने क्रममा सशस्त्र प्रहरी र तस्करबीच भएको झडपमा तीन जना हवल्दार सहित चार सुरक्षाकर्मी घाइते भएका छन् ।mm

 
गएराति बीरगंज भन्सार कार्यालयस्थित भन्सार राजश्व गस्ती सशस्त्र प्रहरी वलको टोलीले भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव २० लाख रुपैया बराबरको अवैद्य लताकपडा लोड गरेको ट्रकलाई पक्राउ गर्ने क्रममा तस्करसमुहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । दुबै पक्षबीच भएको झडपको क्रममा तस्कर चलाएको ढुङ्गा लागेर तीन सशस्त्र हवल्दार सहित चार जना घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र हवल्दार चक्रदत्त भट्ट, दावा दोर्जे तामाङ्ग, मदन जोशी र सशस्त्र प्रहरी जवान कृष्ण श्रेष्ठ रहेका छन् । घाइते सबै नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचारपछि आफनो घर फर्केका छन् ।

विगत केही दिनदेखि बीरगंजको नाकाहरुबाट तस्करको लाईन नखोलिएपछि बीरगंजका स्थानीय तस्करहरुले बीरगंज भन्सार कार्यालयको पछाडीबाट राति राति अवैद्य सामानहरु भन्सार छलेर नेपाल भित्रयाउने गरेको थियो । सोही सुचनाको आधारमा राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक केदार खडकाको नेतृत्वमा गएको टोलीले अवैद्य तरिकाबाट नेपाल भित्रयाउदै गरेको ट्रकलाई रोक्न खोज्दा तस्करहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेका थिए । राति भएको झडपलाई लिएर तस्कर र स्थानीयबासीले रजत जयन्ती चौकमा टायर वालेर विरोध प्रदर्शन गरेका थिए भने, कुनै अप्रिय घटना नहोस भनेर बीरगंज भन्सार क्षेत्रमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यता प्रहरीद्धारा पक्राउ गरेको कपडा लोठ गरिएको गाडी छाडिदिन केही राजनीतिक दलका आफन्तहरुको आग्रह सहित आदेश दिएपनि गाडी र माल अझै छाडिएको छैन । गाडीलाई नै लिएर आफुलाई भुमिगत सशस्त्र समुह बताउने केही ब्यक्तिहरुले यदि अवैद्य मालले भरिएको ट्रकलाई नछाडेमा हातै भाचिदिने र केहीले भने ज्यानै मार्ने समेत धम्की आफुलाई दिएको बीरगंज भन्सार कार्यालयका प्रमुख केवल प्रसाद भण्डारीले  बताउनु हुन्छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: