नेपाल देखि कतार सम्म…..

jhapali555@gmail.com
jhapali555@gmail.com
नेपाल….. बिश्व मानचित्रमा रहेको एउटा सानो देश भए पनि बिभिन्न धार्मिकस्थल तथा बिश्व सर्वोच्च शिखर सगरमाथा भएको देश, जहा“ हरेक जात जाति भाषा भाषी आफ्ना आफ्नै संस्कृति भएको ठा“उ, त्यो हो देश नेपाल । वर्तमान परिस्थितीलाई हेर्ने हो भने देशको राजनैतिक अस्थब्यस्थताले गर्दा, यहा“को नागरिकले सुखको स्वास अहिले सम्म पनि फेर्न पाएका छैनन् । नेपालमा भएका द्धन्द्धकालिन समयमा देशका युवाहरु धेरै नै विदेश पलायन भए । गाउवाट धेरै बिस्तापित भई शहर पसे । जहा“ कति गाह्रो हुन्छ जिवन यापन गर्न । त्यो दिन म आज पनि सम्झन्छु, पढाईकै क्रममा केही मित्रहरु काठमाण्डौं गएका थिए“ । मलाई काठमाण्डौंको वारेमा धेरै कुराहरु भन्थे ।mm
 
एक दिन यस्तो कुरा सुनाया, उ भन्दै थियो । “ त“ पनि काठमाण्डौं आईज यहा“ धेरै राम्रा राम्रा केटिहरु पाईन्छन् । हामी अहिले धेरै मस्ती गर्दैछौ । कहिले काही ठमेल तिर जान्छौ । पैसा भए सवै थोक गर्छौ । पैसा नभएको दिन टाढा वसेर नै नाङ्गो शरिर कामुक दृष्य हेर्दै मन मनै हल्का सेक्स गरेर फर्कन्छौ । ”  छि … कस्तो… मैले के भनेको थिए, उ अझ जोसिन्दै भन्छ, “ समुन्द्रको गहिराई त“लाई के थाहा जब, डुब्छस् नि अनि आफै पौडिन थाल्छस् । एक पटक यहा“ त आइज । ” केहि समय पश्चात म पनि बिदेश जानको निम्ती मेडिकल गर्नको लागी काठमाण्डौ गए । म साथीहरु संग नै बसे । काठमाण्डौमा, भोली पल्ट विहान मेडिकल गरे । बेलुकी साथीहरुले धेरै ढिप्पी गरे, त्यही मस्ती गर्ने ठाउ“मा जानको निम्ती, म जान्न भन्दा पनि सुखै पाईन । बेलुकी हामी ४ जना त्यहा“ गयौ । केटाहरु धेरै सिपालु भईसकेका रहेछन् । मलाई धेरै नै अफट्यारो लागिरहेको थियो । जब हामी भित्र छि¥यौ, रं¨ी च¨ी लाईट, ठुलो गुञ्जयमान आवाजमा हिन्दी रिमीक्स, ईङ्गलीस गित अनि नेपाली रिमीक्स बजाईदो रहेछ । शुन्दर केटीहरुको लाईन, कोही चुरोट तान्दै अनि वियर हातमा लिएका, तर कपडा भने धेरै छोटो, तल माथिको कपडा जम्मा ४–४ ईन्चको मात्र थियो होला । मलाई कुर्सीमा वसायो र हरु ३ जना साथी संग ३ जना केटी आएर लुसुक्क टा“सिएर एक तिर छिरे । एकै छिनमा मेरो नजिक एउटी केटी आएर वसी के–के गफ गर्न थाली विस्तारै विस्तारै शरिरशा बिभिन्न भागमा आफ्ना हातहरु नचाउन थाली । मलाई एक दमै गाह्रो भो । मुटुको धड्कन बेगले धड्किन थाल्यो । डर लागिरहेको थियो । त्यस बेला म आफ्नो पुरुषार्थ बचाउन तिर लाग्छु । किनकी, त्यहा“ जे पनि हुन सब्थ्यो । करिब ५ दिन पछि म पुनः झापा फर्किए । त्यहा जति पनि केटीहरु थिए, मेरो बिचारमा पैसाको अभाबले उनीहरु त्यस्तो काम गर्न बाध्य भएको हुनु पर्छ । कति कलेज पढ्दै गरेका थिए होलान् त कति आफ्नो घर ब्यवहार चलाउन त कति बिस्थापित भई बा“च्नको निम्ती त्यस्तो कदम उठाएको हुनु पर्छ ।
केहि महिना पछि मेरो भिसा पनि लागेछ । म बिदेश जानु पर्ने भयो । घर, साथी भाइ सबै संग विदा लिई पुनः म काठमाण्डौं आए । त्रिभुवनअन्तराष्ट्रिय बिमावस्थलवाट मेरो बेलुकीको उडान कतारको थियो । जब नेपालको भुई छाडी हावामा उडिरहेका थियौ । म लगायत अन्य यात्रीहरु…… । म देखि अगाडीको सिटमा बसेका २ जना नेपाली रहेछन् । एउटा नया“ र अर्को छुट्टी सिध्याएर पुनः कतार जादै रहेछ । जब एयर होस्टेजले खाना साथै जुस वियर पानी ईत्यादी कुराहरु दिदै आईन । उक्त छुट्टी मनाएर आएको केटोले एउटा वियर लियो र नजिकै संगै बसेको नया“ केटोलाई पनि पिउन कर ग¥यो । उसले भन्दै थियो “ मैले कहिलेपनि पिएको छैन दाइ, म पिउदीन ।” पुरानो केटाले पुनः भन्यो “हेर यस्तो मौका नगुमाउ, सवैको कहा“ हुन्छ यस्तो भाग्य, यसरी हावा माथि उडेर वियर पिउनु पनि भाग्य चाहिन्छ । सोच त आफै † कति आनन्द हुन्छ यती माथि–माथि त्यो पनि उडेर पिउनु ।” म छक्क परे उसको कुरा सुनेर, हेर्दा हेर्दै  उसले २ प्याक सासै नफेरी पिई हाल्यो । म त्यो दृष्य हेर्दा हेदै कति खेर निदाएछु । जब ब्युझिए कतार आईपुग्न लागेको रहेछ । कातारको एयरपोर्टवाट वाहिर आए, जमिन आकाशको फरक पाए“ । नेपाल र कतारमा…… नेपालको हरियो वन जंगल, चिसो वातावरण, हिमाल तर यहा“ सिमेन्टको जंगल, तातो हावा पानी, धुलो उस्तै उड्ने तर के गनेए काम गर्न आएको, गर्नु नै पर्ने । केहि घण्टा पछि कम्पनीको मान्छे लिन आयो ।
प्रसंग बदलौं ।
 
मेरो अहिले सम्मको कतार बसाईको क्रममा, हाम्रो नेपाली दाजु भाइ अनि दिदी वहिनीको बारेमा नलेखी बसिरहन सकिन । जस्तो देख्छु त्यस्तै लेख्नु, म आफ्नो धर्म सम्झन्छु । घरवाट ठुलो आसा राखी कमाउन पठाएको छोरोको चाला यहा“ यस्तो छ । सधै आगो जस्तो तातो घाममा काम गर्छन । जब, बेलुकी काम सकेर कोठमा आई मद्मपान गर्छन् । त्यो पनि स्वास्थ्यलाई पूर्ण रुपले असर गर्ने, जसलाई यहा“ “लुमा” भनिन्छ । यसलाई यहा“ धेरैले ट्वाईलेटको किरा मार्न प्रयोग गर्ने गरेकाछन् । अहिले सवैले लुमा खान्छन् भन्ने कुरा थाहा थाहा पाएर नाम फेरेको सुन्दा अचम्म लाग्छ ।  त्यसलाई  अहिले नेपाली कांग्रेस भन्छन् । किन भेने देखि त्यसमा रुखको चित्र हुन्छ । यसरी धुम्रपान र मद्मपान गर्नेहरु कति सुतेको ठाउ“वाट कहिल्यै नउठ्ने गरी सुतिरहेको घटना पनि ज्यु को त्यू नै छ । धेरैले फिलीपिनी केटीलाई साथ लिई पैसा उडाई रहेकाछन् । भने नेपाली केटी संग पनि त्यस्तै नै छ । नेपाली चेलीहरु प्नि क मभने छैनन् । केहि यस्ता पनि छन् । एक कल फोन गरेमा पुरा मोलतोल गरी तयारी हुन्छन् । त्यो कामलाई यो उपनाम दिईएकाृ छ । “पार्टटाईम” कसै संग रातमा बेचिए त कसै संग दिनमा २÷४ घण्टा, साथमा लिएर आउछन्, एकै छिनमा महिना दिनको तलब । आफै सोच्नुहोस् त सजिलै हो नि † कमाउने तरिका । नेपालमा पैसा पठायो उतै खुसी यता मस्ती संगै पैसा पनि आफु झन खुसी, दुवै हातमा लड्डु भएपछि के चाहियो र हाम्रा चेलीहरुलाई……. जबकी आफ्नो पहिचान र स्वाभिमान नेपाल एयरपोर्ट मै छाडेर आए पछि ।
पाईन्ट हेरे तल झरीसकेको छ । पछाडीको भाग सबै देखिने, कानमा मुन्द्रा पनि, बेला बेलामा झगडा गर्दै पनि हडेकाछन् । धेरै जेल परिकाछन् । डुकु अनि गुरील्ला भएर हिडीरहेकाछन् । आजको यो समयमा एक नेपालीले गर्दा लाखौं नेपालीमाथी यहा“को कम्पनीहरुले राम्रो तलब दिएका छैनन् । यस्तो पनि नेपालीहरुमा देखिएको छ । तातो घाम,तातो हावा अनि गाह्रो काम यस्तो जोखिम उठाएर काम गर्दछन् । तर तलब भने महिनाको ५÷६ सय मात्र बा“चेको हुन्छ । अब, हेर्नुहोस् तलब ५÷६ सय बच्छ, तर हातमा मोवाईल हुन्छ १८ सय देखि २२ सय रियल सम्मको । यहा“ आफ्नै संसार बनाएर रमाईरहेका हुन्छन् । सोच्दैनन् घरमा साहुले च्यापीरहेको हुन्छ । मैले कसैको ब्यक्तीगत जिवन माथि धावा बोल्ने कोसिस गरेको होईन । आफ्नो ईच्छाले बा“चुन । तर घर परिवारको लक्ष्य र सपनालाई कुल्चेर कमाउन गएको छोरा होस् वा, छोरीको यो किसीमको चालाले कस्तो स्थितीमा पु¥याउला । सोचौं त †† नेपाल बसाई, कतार यात्रा र बसाईमा मेरो अनुभब, “ नेपाल देखि कतार सम्म…………… ”
 
अभागी कान्छा गाउ“ले
आदर्श साहित्य समाज
तोपगाछी, झापा
jhapali555@gmail.com

3 Responses

  1. namaste all of t nepal member

  2. la budhaale ta ek damai ramro kuraa uthaako rahechha malai man paryo yo kuraa……..

  3. thanks bro….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: