• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

रिजवान अनसारीले राज्यबाट ठूलो उपहार पाए

चुनाव जित्नु अयोग्यताः अन्सारी
ताजा अन्तर्रवाता
किन राजीनामा दिनुभएको ?

मैले चार महिनादेखि नै गृहमन्त्रीको कार्यशैलीका कारण काम गर्न सकिनँ, म राजीनामा दिएर संविधान निर्माणमा केन्द्रित हुन्छु, मलाई पदमुक्त गर्नुस् भनेर प्रधानमन्त्री र पार्टी अध्यक्षलाई पटकपटक जानकारी गराएको थिएँ । उहाँहरूले नै पर्खनुहोस् हामी सम्हाल्छौं भन्नुभएकाले बसेको हुँ । तर दिनदिनै शान्ति सुरक्षाको अवस्था नाजुक बन्दै गयो । सबैले टुलुटुलु हेरेर बस्नु त भएन । त्यसैले सुरक्षाको खस्किँदो अवस्थाको नैतिक जिम्मेवारी लिँदै र आफूले पाएको लिखित परिभाषित जिम्मेवारी वहन गर्न पनि नदिइएकाले त्यसलाई सुधार्न सक्ने, आफूले गर्नसक्ने वातावरण नभएकाले राजीनामा दिएको हुँ ।

चौतर्फी रुपमा गृहमन्त्रीको राजीनामा माग भइरहेका बेला प्रधानमन्त्रीले तपाईंकै राजीनामा माग्नुभयो, किन होला ?
यस कुराले मलाई पनि आश्चर्य लागेको छ । म त चार महिनादेखि राजीनामा खल्तीमै राखेर हिँडेको मान्छे, यो कुरा प्रधानमन्त्रीलाई पनि थाहा छ । पछिल्लो समय त राजीनामा दिने घोषणै गरेर बसेको थिएँ । उहाँले नमागे पनि दिन्थेँ । तर एउटा क्षेत्रबाट मात्र होइन, एमालेसहितकै राजनीतिक दल, नागरिक समाज, उद्योगी(व्यापारी, सञ्चारजगत्, आम जनता सबैले शान्ति(सुरक्षाको अवस्था खस्केकाले गृहमन्त्रीको राजीनामा मागिरहेको मेरो राजीनामा माग्नुले आश्चर्यमा परेको छु । जसको राजीनामा मागिएको छ र दिन्न भनिरहेको छ, उसको राजीनामा माग्न नसकेर प्रधानमन्त्रीले राजीनामा दिन्छु भन्ने मेरो राजीनामा किन माग्नुभयो मलाई थाहा भएन ।
सीडीओ कुट्ने राज्यमन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्रीले आफ्नै पार्टीको तपाईंको राजीनामा माग्नुको कारण के होला ?
मैले बुझ्नै सकेको छैन । यो एक्कासि भएको घटना होजस्तो लाग्छ । प्रधानमन्त्रीलाई धेरै अघि नै गृह मन्त्रालयमा मन्त्री वा राज्यमन्त्रीमध्ये एउटा निकाल्नुपर्छ भन्ने आभाष भइसकेको थियो । किनकि, दुवैको कुरा मिलिरहेको थिएन । कसलाई निकाल्दा सजिलो हुन्छ, उसैलाई निकाल्नुभएको होला ।
कसैको दबावले हो कि ?
प्रधानमन्त्रीजस्तो मान्छे किन दबावमा पर्नुभयो होला र
पार्टी अध्यक्षले चाहिँ के भन्नुभयो ?
उहाँले तपाईंमाथि अन्याय भएको छ, यसको विषयमा पार्टीभित्र गम्भीर छलफल हुन्छ भन्नुभएको छ ।
गृहमन्त्रीसँगको असहमतिबारे चार महिनाअघिदेखि पार्टी, प्रधानमन्त्रीसँग भित्रभित्रै कुरा उठाउँदा पनि अन्यायमा पर्नुभो, यसले पार्टीप्रति नै विरक्ति जगाएको छैन । कुनै व्यक्तिहरूप्रति मेरो अनास्था हुनसक्छ तर एमालेको नीति र सिद्धान्तलाई बुझेर कम्युनिस्ट आन्दोलनमा लागेको हुँ । यो मुलुकका लागि राम्रो नीति भनेकै जनताको बहुदलीय जनवाद हो भन्ने मेरो आज पनि दृढ विश्वास छ । यस्ता कुराले मेरो विचारमा कुनै परिवर्तन हुँदैन ।
एमालेबाट सरकारमा तपाईं मात्रै निर्वाचित हुनुहुन्थ्यो, मन्त्रिपरिषद्मा अनिर्वाचितको बाहुल्य भएकाले पनि दृष्टिकोणमा अप्ठ्यारो परेको मान्नुहुन्छ ?
मन्त्रिमण्डल गठनकै बेला मेरो नाम मन्त्रीमा हल्ला हुँदा मलाई विश्वास भइरहेको थिएन । मेरो योग्यता नै पुगेको छैनजस्तो लागेको थियो, योग्यता पुग्नलाई त चुनाव जितेको हुनुभएन । चुनाव जित्नु नै मेरो अयोग्यता भयो कि के हो ?
सरकारमा अनिर्वाचितहरूको बाहुल्य भएकाले पनि अन्यायमा परें भन्ने लागेको हो ?
बहुदलीय व्यवस्थामा, लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हो । निर्वाचन गराउनुको मतलब नै जनताले जसलाई चुन्छ त्यसले शासन सत्ता सञ्चालन गर्ने, जनताको प्रतिनिधित्व गर्ने हो । तर केही घटनाहरू हाम्रो मुलुकमा बडो विचित्र प्रकारले भएका छन्, यो त्यसैको निरन्तरता होला ।
गृहमन्त्रीले राज्यमन्त्रीलाई दिएका अधिकार ?
देहायबमोजिम उल्लिखित म आफैंले गर्ने कार्यका विषयहरूमा रायसहित फायल पेस गरी सोदेखि बाहेक मैले गृहमन्त्रीको हैसियतले सम्पादन गर्न पाउने सम्पूर्ण विषयहरूमा कामकारबाही र निर्णय गर्न तपाईं राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीलाई नेपाल सरकार (कार्यसम्पादन० नियमावली, २०६४ को परिच्छेद २ नियम ५ को उपनियम (१० बमोजिम अधिकार प्रत्यायोजन गरेको छु ।
१। नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ अनुसार मन्त्रिपरिषदमा पेस गर्नुपर्ने कुराहरू,
२। कानुन संशोधन तथा तर्जुमा गर्ने विषयहरू,
३। नागरिकता रद्द गर्ने विषय,
४। अंगीकृत नागरिकतासम्बन्धी विषय,
५। गृह मन्त्रालय वा मातहतका विभाग वा कार्यालयहरूमा नयाँ दरबन्दी थप गर्ने, भइरहेको दरबन्दी खरोज गर्ने वा नयाँ कार्यालयहरूको स्थापना, खारेजी र स्थानान्तरण गर्ने विषयहरू,
६। गृह मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिका कर्मचारीहरूको नियुक्ति, बढुवा, विभागीय कारबाही र राजीनामासम्बन्धी विषयहरू,
७। प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र सोभन्दा माथिका प्रहरी कर्मचारीहरूको नियुक्ति, सुरुवा, बढुवा र राजीनामासम्बन्धी विषयहरू,
८। सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक र सोभन्दा माथिका प्रहरी कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा र राजीनामासम्बन्धी विषयहरू,
९। राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त(अनुसन्धान निर्देशक र सोभन्दा माथिका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, राजीनामासम्बन्धी विषयहरू,
१०। निजामती र सुरक्षा निकायका अधिकृत कर्मचारीहरूको विभागीय सजायसम्बन्धी विषय,
११। गृह मन्त्रालय वा मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेत राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिका कर्मचारीहरूलाई एक महिनाभन्दा बढी अवधिका लागि विदेशमा हुने विभिन्न किसिमका गोष्ठी, अध्ययन तथा अवलोकन भ्रमण र तालिममा खटाउने समेतका विषयहरू र
१२। तपाईंले मसमक्ष पेस गर्न चाहनुभएको अन्य विषयहरू

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: