• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लौ हेरौ अब मान्छे मर्ने पेस्तोलपनी भाडामा रे

पहिला  बस्ने कोठा, गाडी, होटेल, रेस्टुरेन्ट, भाडामा पाईन्थीयो, तर आज भोलि मान्छे मर्ने पेस्तोलपनी भाडामा पाउन थालेको समाचार सुन्दा अचम्म लाग्छ ।mm
 
उपत्यकामा गम्भीर अपराधमा सक्रिय समुहलाई आधुनिक हतियार भाडामा दिने समुह सक्रिय रहेको तथ्य खुलेको छ । डकैती,लुटपाट र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिलाई घन्टाको हिसावमा हतियार भाडामा दिन सक्रिय २ जना पक्राउ परेपछि सो तथ्य खुलेको हो ।
अपराधीहरुलाई आधुनिक हतियार भाडामा दिने समुह सक्रिय रहेको सुराकीको आधारमा काठमाडौं परिसरवाट खटिएको विशेष टोलिले हतियार भाडामा दिने २ व्यक्तिलाई नाइन एमएमको पेस्तोल सहित आइतवार चुच्चेपार्टीवाट पक्राउ गरेपछि हतियार र त्यसको भाडादर समेत खुलेको छ।
प्रहरीले अपहरण, हत्या, लुटपाटमा संलग्न रहेका अभियुक्तहरुवाट साना हतियार पक्राउ गर्ने गरेको थियो। तर, हालसम्म हतियार भाडामा दिने समुहनै पक्राउ परेको थिएन।
काठमाडौं परिसरका प्रमुख गणेह केसीले भनेुप्राय भारतमा अपराधीहरुले भाडामा हतियार लिने गरेको सुनिएको थियो तर, त्यो सिष्टम काठमाडौंमै पनि भित्रिसकेछ। एसपी केसीका अनुसार विशेष सुराकीवाट काठमाडौंमा अपराधीहरुलाई हतियार भाडामा उपलब्ध गराउने समुहनै सक्रिय रहेको जानकारी आएपछि परिसरले उनीहरुको खोजीका लागि प्रहरी निरिक्षकको कमान्डमा टोली परिचालन गरेको थियो।
सुराकीवाट हतियार भाडामा लगाउने ब्यक्तिहरु बौद्ध, जोरपाटी र चावहिल क्षेत्रमा सक्रिय रहेको जानकारीको आधारमा अनुशन्धानमा खटिएको प्रहरी टोलिले हतियार धनीसम्म पुग्नका लागि अपराधीक समुहको नाटक गरेको थियो।
हतियारधनीसंगको सम्पर्कपछि उनीहरुले पेस्तोल भाडामा माग गरेपछि कुमार केसीले २४ घन्टाको १५ हजारमा भाडा चाहिने र जुन काममा हतियारको प्रयोग हुने त्यसवाट आएको रकममध्ये १० प्रतिशत दिनुपर्ने माग गरेका थिए।
केसीको सर्त स्विकार गरेपछि उनले टोलिलाई हतियार लिन चुच्चेपाटीको हायात होटलसंगैको खुल्ला चौरमा बोलाएका थिए। प्रहरी चौरमा पुग्दा २४र२५ वर्षकी एक युवती हातमा किताव बोक्ने शैलीमा सामान बोकेर बसेकी थिइन। हतियार भाडामा लिन गएको टोली र भाडामा दिने कुमारविच सहमती भए लगत्त उनले हातमा बेरेर राखेको हतियार झिकेकी थिइन। लगत्तै प्रहरी टोलिले घेरा हाली दुबैलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार बरामद पेस्तोल चीन निर्मित हो।
प्रहरीले उनीहरुको साथमा रहेको झोलाको तलासीलिंदा नाइन एमएमको पेस्तोलमा लाग्ने ६ राउन्ड गोली र त्यसैको म्यागजिन समेत फेला पारेको थियो। पक्राउ परेका दुबै अभियुक्त सिन्धुपाल्चोकको महाकाल गाविस झोरमसीवासी हुन। उनीहरु चुच्चेपाटीमा डेरामा बस्दै आएका थिए। अनुशन्धानकोक्रममा कुमार पूर्व माओवादी छापामार रहेको समेत खुलेको छ।

3 Responses

  1. deree duk ko kuro ho sir tar ke garne sirrrrrrrrrrrrrrrrrrrr

  2. Hai im shyam m patar bat tapai haru yo news malai dherai man parao

  3. Ham younus momin ghar paradiya-6 hamra sab sathi ke tarf se sampur n methla anchal basi ke salam and namskar hamra sab sathi ke yahan ke pargoram bahut niman laglai ham sab saudi arab me dekhi chhi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: