सिंघानियाका हत्याराको पहिचान भयोः जनकपुर प्रहरी

जनकपुरधाम, चैत्र ३, – सञ्चार उद्यमी अरुणकुमार सिंघानियालाई गोली हान्ने हत्याराको पहिचान भएको प्रहरीले दाबी गरेको छ ।

हत्याराको नाम ठेगाना सार्वजनिक नगरिए पनि ऊ धनुषाकै भएको श्रोतको दाबी छ । हत्यारालाई पक्राउ गर्न मुलुकभरीका प्रहरीसँग सहयोग मांगिएको छ, प्रहरी उपरीक्षक श्याम खड्काले भने, हत्याराको तस्बिरसहितको जानकारी पनि मुलुकभरीकै प्रहरीलाई दिइएको छ । हत्यारा खुला सिमानाको उपयोग गर्दै भारत छिर्न सक्ने सम्भावना रहेकाले प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेलाई भारत पठाइएको खड्काले जानकारी दिए । डिएसपी न्यौपाने जिल्लास्तरमा गठित हत्या छानबिन समितिका संयोजक पनि हुन् ।

 
फागुन १७ गते जनकपुरको अति व्यस्त शिवचौकमा वेलुका ६ वजे सञ्चार उद्यमी तथा व्यवसायी सिंघानियालाई अज्ञात हतियारधारीले गोली हानेर हत्या गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: