झगडामा स्ववियु सभापति लगायत दुई घाइते

सुनसरी, इनरुवा, चैत्र ४, – सुनसरी सदरमुकाम इनरुवास्थित सुनसरी वहुमुखी क्याम्पसमा बुधबार स्ववियु सभापति र क्याम्पसमा अध्ययनरत विद्यार्थीविच झडप हुँदा स्ववियु सभापतिसहित दुई जना घाइते भएका छन् ।mm

क्याम्पसमा शैक्षिक भ्रमण जानका लागि भ्रमण समिति गठन गर्न बसेको छलफलमा एक्कासी भनाभन हुँदा झडप भएको हो । झडपमा स्ववियु सभापति धर्मवीर आर्य र विविएस अध्ययनरर बसन्त सुवेदी घाइते भएका छन् । गम्भिर घाइते सुवेदीको उपचार विराटनगरस्थित न्युरो हस्पिटलमा भईरहेको क्यामपसले जनाएको छ ।
भ्रमणका लागि समिति गठन गर्नुपर्ने विद्यार्थीको मागका विषयमा वसेको वैठकमा स्ववियुले आफ्नो नेतृत्वमा भ्रमण समिति गठन गर्ने अडान राखेको थियो । भने विद्यार्थीहरुले स्ववियु विनाको समिति गठन गर्नुपर्ने अडान राखेपछि वैठक विना निष्कर्ष टुङ्गिएको थियो । सोही बिषयमा क्याम्पसका विद्यार्गी र स्ववियु विच आज नै फेरि छलफल सुरु भएको केहि छिनममै एक विद्यार्थीले एक्कासि आफुलाई हात हालेको स्ववियु सभापति धर्मवीर आर्यले जानकारी दिए ।
सभापति आर्यलाइ हात हालिएपछि झडप भएको बुझिएको छ । यता क्याम्पस प्रशासनले झडपका कारण अहिले क्याम्पसमा अध्यापन गराउने वातावरण नभएको भन्दै २ दिनका लागि क्याम्पस वन्दको घोषणा गरेको छ ।
क्याम्पसमा भएको घटनाको छानविनका लागि आकस्मिक वैठक वसेर प्रध्यापक संघका अध्यक्ष धिरेन्द्र बस्नेतको अध्यक्षतामा ४ सदस्यिय समस्या समाधान समिति गठन गरिएको सुनसरी क्याम्पस प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । समितिका सदस्यहरुमा विश्वरमण पोखरेल, उद्धव काफ्ले र रुद्र नारायण चौधरी रहेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: