• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बारामा खुलेआम गाँजा र अफिमखेती

बारा, चैत्र ४, जिल्लाका विभिन्न स्थानमा नेपाली तथा भारतीय तस्कर गिरोह तथा किसानले हजारौं बिघामा गाँजा र अफिमखेती गरे पनि प्रहरी प्रशासन नदेखेजस्तो गरिरहेको छ ।mm

सीमावर्ती कचोर्वा, सिम्रौनगढ, बेल्दारी, पटेर्वा, सनफुलवा, अमृतगन्ज गाविस तथा जिल्लाका उत्तरी क्षेत्रका रतनपुरी, अमलेखगन्ज, भरतगन्जसिंगौल लगायतमा हजारौं बिघामा यस्तो खेती गरिएको छ ।

गाँजा तथा अफिमखेतीको बचाउको लागि उनीहरूले प्रहरीलाई ठूलो रकम दिएको जानकारी स्थानीय बासिन्दाले दिए । रोपिएका अफिम र गाँजा फँडानी गर्नुको साटो प्रहरीले दुवै बाली भित्र्याउने बेलामा फँडानी अभियान सुरु गर्छ, एक जानकारले भने । अन्तिम समयमा प्रहरीले फँडानी गर्दा किसानलाई घरमा भित्र्याउन झन् सजिलो हुन्छ, उनले नाम नबताउने सर्तमा भने, मजदुरको काम पो गर्छन् प्रहरी ।
प्रहरीले फँडानी गरिएको गाँजा र अफिम नष्ट नगर्ने भएकाले त्यसलाई संकलन गरेर किसानहरूले बिक्री गर्दै आएको दाबी स्रोतको छ । जिल्लामा गरिएको गाँजा र अफिम खेतीबारे जानकारी पाएपछि फँडानीका लागि निर्देशन दिएको बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले बताए । खेतीबारे मैले पनि सुने, उनले भने, फँडानी गर्न प्रहरीलाई निर्देशन दिइसकेको छु । निर्देशनअनुसार सीमावर्ती गाविसहरूमा लगाइएको १२ बिघाहा अफिम खेती हालसम्म नष्ट गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए ।
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले अमृतगन्ज, श्रीनगरबैरिया, सनफुलवामा लगाइएको अफिम खेती फँडानी गरेको उनले बताए । यसबाहेक भएको गाँजा र अफिम खेतीबारे आफूलाई कुनै जानकारी नभएको पोखरेलले बताए । प्रहरीले पैसा लिएको भन्ने स्थानीयको दाबीलाई उनले अस्वीकार गरे । मैले कहीँ कतैबाट एक पैसा लिएको छैन, उनले भने ।

One Response

  1. My name is Hom B.rana ma‎gar solukhumbu sallyan 5 khympu sagrmatha nepal hal doha qatar phon no. 9746407126 VABNA kasto bhayo hola tyo gau thaha chhain malai himal ani hariyalile sagiyako sundar solukhumbu jadai chhu ma‎ yahi naya bars 2067 salma. ok baibai .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: