• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रहरी अधिकृतले बलत्कार गरेको आरोपमा प्रदर्शन

पुलिस र स्थानीयबासी बीच झडप, चार दर्जन घाइते

रोशनकुमार झा, जनकपुरधाम चैत्र ७, – एक नवविवाहिता भारतीय महिलालाई बलात्कार गरेको भन्दै प्रदर्शन गरिरहेका स्थानीयवासीमाथि प्रहरीले शनिवार अन्धाधुन्ध लाठी प्रहार गर्दा एक संचारकर्मीसहित कम्तीमा चार दर्जन सर्वसाधारण घाईते भएका छन् ।mm

प्रहरीको कुटाईबाट पेट र टाउकोमा गंभीर चोट लागेका नागरिक दैनिकका समाचारदाता सुरेशकुमार यादवको अवस्था चिन्ताजनक भएपछि उपचारार्थ शनिवारै जहाजबाट काठमाडौं पठाईको छ । उनलाई वान्ता हुन थालेपछि चिकित्सकहरुले थप उपचारको लागि बाहिर लाने सल्लाह दिएका थिए ।
भारत मधुवनी जिल्ला लहेरियागञ्जकी एक मुस्लिम युवती र हिन्दु युवक शुक्रवार जनकपुरको जानकी मन्दिरमा आएर विवाह गरेका थिए । दुबै जना राति भानुचोकस्थित मनकामना लजमा बास बसेका थिए ।
पीडित महिलाले संचारकर्मी तथा महिला अधिकारकर्मीहरुलाई दिएको जानकारी अनुसार रेल्वे स्टेशन प्रहरी चौकीका सईबाबूराम झाले पतिलाई नियन्त्रणमा लिई आफुलाई बलत्कार गरेका थिए ।
घटनाको जानकारी पाउने वित्तिकै सर्वसाधारण आक्रोशित भएका थिए । उनीहरुले दोषीमाथि कार्यवाहीको माग गर्दै रेल्वे स्टेशन परिसरमा प्रदर्शन गरेका थिए । घटनास्थलमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, माओवादी, नेपाली काग्रेस र एमालेसहितका जिल्ला र नगर स्तरीय नेता तथा कार्यकर्ताहरु पनि पुगेका थिए ।
उनीहरुलेसमेत सर्वसाधारणको मागलाई उचित भन्दै दोषी प्रहरीमाथि कार्यवाहीको माग गरेका छन् । प्रदर्शनकै क्रममा सर्वसाधारण र प्रहरीबीच झडप भएको हो ।
आक्रोेशित युवाहरुले आरोपी सई झालाई लछारपछारसमेत गरेका थिए । घटनास्थल पुगेका धनुषाका प्रहरी उपरीक्षक श्याम खडकाले सर्वसाधारणमाथि लाठी चार्जको आदेश दिएपछि रेल्वे स्टेशनमा प्रदर्शनकारी माथि दमन भएको हो ।
सर्वसाधारणले पनि प्रहरीलाई लक्षित गरी ढुंगा मुढा गरेका थिए । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेका थिए । यस क्रममा समाचार संकलन गरिरहेका नागरिक दैनिकका संवाददाता यादवलाई सुरक्षाकर्मीहरुले निर्घात कुटपीट गरेका हुन् ।
घाईते पत्रकार यादवका अनुसार प्रहरी उपरीक्षक खड्काले सुरक्षाकर्मीलाई पत्रकारलाई कुट्ने आदेश दिएपछि प्रहरी निरीक्षक आभुषण तिम्सिनाले !!! पत्रकारहरुलाई गोली ठोकु भनी आदेश दिएका थिए ।
प्रहरीको लाठी प्रहारबाट आठ वषिर्या वालकदेखि ७० वषिर्य बृद्धसम्म घाईते भएका छन् । घटनाको विरोधमा रेल्वे स्टेशन चौक परिसरमा धर्ना बसी रहेका भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय साह, मातृका नेतृत्वका माओवादीका नेता साधु यादव, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष उमाशंकर अरगरिया पनि घाईते भएका छन् । धर्ना बसीरहेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेका थिए ।
घटनामा सख्त घाईते जनकपुर नगरपालिका-१ का १३ वषिर्य सद्दाम हुसेन, २५ वषिर्य दीपेन्द्रकुमार साह, जनपा – २ का ३० वषिर्य प्रेमकुमार मिश्र, घोरघासका १७ वषिर्य उमेशकुमार ठाकुर, सर्लाही संग्रामपुरका तीर्थनाथ मण्डल, जनपा- २ वकील टोलका ११ वषिर्य राहुल महतो, मदनचन्द्र भण्डारी र रुवी मिश्रको धनुषा नर्सिंग होममा उपचार गराइ रहेका छन् ।
सर्वसाधारणमाथि लाठी चार्ज भएको सूचना पाए लगत्तै रेल्वे स्टेशन चौकी पुगेका भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजयकुमार साह पनि प्रहरी ज्यादतीविरुद्ध धर्नामा बसेका थिए ।
उनले घटनाका दोषी प्रहरी उपरीक्षक श्याम खड्कालाई निलम्बन गरिनुपर्ने माग गरेका छन् । सरकारले विशेष सुरक्षा योजना लगाएर यसअघि मधेसको अधिकारको स्वर दवाउन खोज्यो । अचेल मधेसीको ईज्जत प्रतिष्ठासंग खेलवाड गर्न थालेको छ राज्यमन्त्री साहले टिनेपाल  डोट कामसंग भने ।
शनिवार अपरान्ह झण्डै चार घन्टासम्म स्थानीयवासी र प्रहरी बीच भिडन्त भएको थियो । सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन गरिएको थियो । स्थानीयवासीले जनकपुरका चौक चौकमा टायर बालेर घटनाको विरोध गरेका छन् ।

2 Responses

  1. Yo Pahadi yaa ka gush khor madhishi yaa polile haru pani aaj aafno dede bahini lai chodaynaa .

    yni haru lai taa petrol haaly raa jali dinu parcha .

    Dai maa ta ahely KTM maa chu natar te bechara indain dai lai sahyog garny nai they .
    Dekaar cha yaa madheshi dai haru aafno ghar maa aafny sister ko Balatkaar huncha .

  2. Janakpur jasto dharmik thaum ma kasto ghin lagdo kaam vayo. tyo jha lai jinda jalaunu parcha. tyo madhesi ko naam ma kalnka ho.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: