• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गिरिजाप्रसाद कोइरालाको निधन, देशलाई अपूरणीय क्षति

काठमाडौ, चैत्र ७, –  काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको छ । अनौपचारिक रुपमा दिइएको जानकारी अनुसार १२ बजे ११ मिनेट जाँदा उनको निधन भएको हो ।

 

यस सम्बन्धमा अझै औपचारिक जानकारी आएको छैन । देहवासनको सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गर्नका लागि चिकित्सकहरुको बैठक बसिरहेको छ । त्यसैगरी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि बसिरहेको छ ।mm
यस अघि काँग्रेस नेता रामशरण महतले संवाददाताहरुसंग भने, उहांको स्वस्थ्य अत्यन्त कमजोर अबस्थामा छ । तर, अस्पताल लैजाने कुरा छैन । डाक्टरहरुले बिभिन्न कोणबाट उपचारको प्रयास जारी राखेका छन् ।
कोइरालाको उपचारमा संलग्न डा। अर्जुनबहादुर कार्कीका अनुसार कोइराला बिहान पाँच बजेदेखि अचेत अबस्थामा पुगेका थिए । त्यसपछि उनको प्रत्रिक्रिया छैन । अचेतअबस्थाबाट फर्काउनका लागि डाक्टरहरुले प्रयास जारी राखेको उनले बताए । तर, परिवार र कोइरालाकै आग्रह अनुसार अस्पताल नलगिएको पनि उनले बताए । कोइरालाको स्वास्थ्यस्थिति बुझेर बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले संवाददाताहरुसंग भने उहाँ अचेत अबस्थामा हुनुहुन्छ । स्वास फेर्न निक्कै गाह्रो भएको देखिन्छ । मैले दुई चोटी बोलाए । तर, चिन्नु भएन । शान्ति र संविधानका लागि उहाँको आवश्यकता छ ।
कोइरालाको स्वास्थ्यस्थिति थप बिग्रदै गएपछि उनका पारिवारिक सदस्यहरु मण्डिखाटारस्थित छोरी सुजाता निवासमा जम्मा भइसकेका छन् ।
काँग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, सशांक, शेखर, प्रकाश, मनिषालगायतका पारिवारिक सदस्यहरु सुजाता निवास आइपुगेका हुन् ।
माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा लगायत शीर्ष नेता तथा मन्त्रीहरु कोइराला निवास आइ पुगेका छन् । काँग्रेस नेता कार्यकर्ताहरुको भीड लाग्न थालेको छ ।
काँग्रेस उपसभापतिद्वय रामचन्द पौडेल र प्रकाशमान सिंह तथा नेता शेरबहादुर देउवा देउवा उपत्यका बाहिर रहेकाले फर्कन थालेको बताइएको छ ।

5 Responses

  1. This good for Nepal Democracy.

  2. ooooooomy god thats very sad news…….i am shoked

  3. this is very bad of nepal and nepali

  4. rastra ko ati tuliya baktityo ka nidhan la rastra lai badhi chati bhayo.asia ko mister mind ra sabai bhanda p[rimeminister huna yoha hunu huntho
    thanks.

  5. its is very bad news for all nepalies please pry for him.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: