आज दिन भर जनकपुर बजार तनावग्रस्त

प्रहरी चौकीमा पेट्रोल बम प्रहार

रोशनकुमार झा, जनकपुरधाम, चैत्र  ९, बलात्कारी प्रहरीलाई कारबाही माग गर्दै हिँजो गरिएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएकाहरुको उपचार खर्च माग गर्दै जनकपुर स्टेशन एरियाका बासिन्दाले आज विहानैदेखि प्रदर्शन गरेपछि जनकपुर बजार तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर सडक अबरुद्ध गराएका छन् ।
प्रदर्शनका कारण स्थानीय जानकी प्रहरी चौकी, रेलवे स्टेशन चौकी र भानु चोकको अवस्था तनावग्रस्त भएको छ । प्रदर्शनका कारण स्थानीय जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम प्रहारबाट चौकीमा क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो ।
स्थिति तनावग्रस्त भएपछि जनकपुरको रेलवे सेवा बन्द भने लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न सकेका छैनन् ।
भारतको मधुबनबाट आफ्नो विवाहका लागि जनकपुर आएकी एक युवतीलाई स्टेशन एरियाका प्रहरीले चौकीमा लगेर बलात्कार गरेको घटना सार्बजनिक भएपछि स्थानीयबासीले हिँजो दिनभर प्रदर्शन गरेका थिए । प्रदर्शन मत्थर पार्न एसपी श्याम खड्काको निर्देशनमा गोली चलाइएको थियो । गोली लागि ५ जना घाइते भएका छन् । गम्भीर घाइते दुईजनाको काठमाडौंमा उपचार भैरहेको छ । प्रहरी दमनबाट झण्डै पचास जना घाइते भएका छन् ।
भारतको मधुवनबाट विहेको लागि जनकपुर आएका एक युवक र सजिरा खातुन नाम गरेकी युवतीलाई प्रहरीले हिँजो विहान नियन्त्रणमा लिएर स्टेशन एरिया प्रहरी चौकीमा लगेको थियो । युवकलाई छुट्टै कोठामा थुनेर प्रहरीहरुले युवतीलाई सामुहिक बलात्कार गरेका थिए । युवती खातुनले पत्रकारलाई बोलाएर घटना सार्वजनिक गरेपछि आक्रोशित स्थानीय बासिन्दाहरुले हिँजो दिनभर दोषीमाथी कारबाही माग गर्दै जनकपुरमा प्रदर्शन गरेका थिए ।
गृहमन्त्रालयले बलात्कारको आरोपी प्रहरी नायब निरीक्षक बाबुराम झालाई निलम्बन गरिसकेको जनाएको छ । 

One Response

  1. Yo kura suner dherai dukh lagyo, hamra samajama yasta pani police rahech yasto lai kada vanda kada sajay dinu parch taki yasto kukarm garn arule sachosh na pani.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: