राष्ट्रपति अपरान्ह आफ्नो गाउँ सपहीमा आई पुगेका छन्

जनकपुरधाम, चैत्र ९ ,  राष्ट्रपति डा.रामवरण यादव सोमवार अपरान्ह आफ्नो गाउँ सपही आई पुगेका छन् । उनीसंगै जेठा छोरा डा. चन्द्रमोहन यादव, छोरी सभासद किरण यादव तथा अन्य सहयोगीहरु पनि सपही आएका छन् ।mm

अपरान्ह चार वजे हेलिकप्टरबाट आफ्नो जन्मस्थल पाईला टेकेका राष्ट्रपति यादवलाई गाउँबासीले भव्य स्वागत गरेका थिए । आफ्नो गाउँका बेटालाई मुलुकको प्रथम नागरिकको रुपमा स्वागत गर्न पाएका सपहीवासी अत्यन्तै खुशी देखिन्थे ।

राष्ट्रपति यादवका छिमेकी शिक्षक शिवचन्द्र यादवले भने, गाउँलेहरुमा खुसीको सीमा छैन । गाउँलेहरु गौरवान्वित महसूस गरिरहेका छन् ।
शिक्षक यादवका अनुसार राष्ट्रपति यादव आफ्नो हिस्सामा रहेको खपडाको घरमा राति विश्राम गरिरहेका छन् । उनका छ दाजु भाईमध्ये दुईको स्वर्गारोहन भईसकेको छभने उनीसहित चार जना जीवित छन् । उनी सबै दाजु भाईसंगै खाना खाने कार्यक्रम रहेको आफन्तले जनाएका छन् ।
लामो समयपछि गाउँमै विश्राम गरेका राष्ट्रपति यादवलाई हेर्न उनका बालसखा तथा गाउँका बृद्ध बृद्धाहरु लालायित देखिन्छन् । यात्राको थकाईको कारण सोमवार उनी बाहिरी मानिसहरुसंग नभेटे पनि उनी आफ्ना दुई बालसखा रामदेव साह र सहदेव साहसंग भने भेटघाट गरेका थिए ।
घोषित कार्यक्रम अनुसार राष्ट्रपति यादवले मंगलवार विहान गाउँलेहरुसंग भेट्ने छन् । पारिवारिक श्रोतबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति यादव आराम गर्नका गाउँ आएका हुन् ।
राष्ट्रपति आइपुगे लगतै धनुषाका प्रमुख जिल्ला अधिकार वेदवहादुर कार्की, प्रहरी उपरीक्षक, वरिष्ठ प्रहरी उपरीक्षकसहित जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सपही पुगी भेटका थिए । प्रमुख जिल्ला अधिकारी कार्कीले सुरक्षा व्यवस्था कडा पारिएको छ । टिनेपाल डोट कमलाई   बताए ।

One Response

  1. thik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: