• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

राष्ट्रपति र पूर्व राजा एकै समयमा जनकपुर आउने

रोशनकुमार झा, जनकपुरधाम चैत्र १०, – भगवान रामको जन्मोत्सवको अवसरमा जनकपुरको प्रसिद्ध राम र जानकी मन्दिरमा पूजा पाठ गर्न राष्ट्रपति डा. रामवरण यादव र पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर आउदै हुनु हुन्छ ।mm

पहिला राष्ट्रपति डा. यादव लाई मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम रहेको छ भने पूर्व राजा ज्ञानेन्द्रलाई १२ बजे पछि पूजा गर्न समय मिलाइएको सुरक्षा स्रोतले जनाएको छ ।

पूर्व राजा बुद्ध एयरको विमान बाट साढे १० बजे जनकपुर आउनु हुने पूर्व राजाको जनकपुर आगमनको तैयारीमा लागेको राष्ट्रीय विकास पार्टीका अध्यक्ष डा. अशर्फी साहले जनाएका छन ।पूर्व राजा लाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । एयरपोर्ट बाट सिधै जनकपुरको शिव चोक स्थित मानकी होटल पुग्ने र त्यसपछि मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । यता राष्ट्रपति डा. यादव आफ्ना पैतृक गाँउ सपहीबाट हेलिकप्टरबाट जनकपुर आउनु हुने र त्यसपछि राम मन्दिर तथा जानकी मन्दिरमा पूजापाठ गर्नु हुने छ ।

एउटै समयमा दूई जना विशिष्ट व्यक्तिको आगमन हुने भएको ले नगरमा विशेष सुरक्षा व्यवस्था गरिएको छ । यता पूर्व राजा ज्ञानेन्द्र शाहको खानाको व्यवस्था राष्ट्रीय विकास पार्टीका अध्यक्ष एवं राजाको प्रत्यक्ष शासनमा सहायक मन्त्री रहेका डा. अशर्फी साहको क्याम्पस चोक स्थित घरमा राखिएको छ । पूर्व राजा सँग खानामा जनकपुरका केही विशेष व्यक्तिलाई समेत आमन्त्रण गरिएको छ । जसमा पूर्व पाच जनकपुरक केही महन्थ र पत्रकारहरु समेत रहेका छन ।पूर्व राजा ज्ञानेन्द्र भोली नै राजधानी फिर्ता हुने छन भने राष्ट्रपति डा। यादव चैत १३ गते मात्र राजधानी फिर्ता हुने जनाइएको छ ।१३ गते सम्म राष्ट्रपति यादव आफ्नो पैतृक गाउ सपहीमा बस्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: