• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमले पर्सा जिल्ला कार्यालयको उदघाट्न

ओमप्रकाश, बीरगंज, चैत्र ११, – मधेशी जनअधिकार फोरम नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले आफु राजनीतिको विद्यार्थी भएको नाताले भन्नु पर्दा नेपालको इतिहासमा अहिले सम्मको सबैभन्दा निकम्मा, अकर्मण्यता र असफल सरकार वर्तमान सरकार भएको आरोप लगाउनु भयो ।mm

 
बीरगंजको तेजारथटोलमा जिल्ला पार्टी कार्यालयको उदघाट्नको क्रममा अध्यक्ष यादबले यस्तो आरोप लगाउनु भएको हो । अहिलेको सरकार सबै क्षेत्रमा असफल भएको यादबको दावी थियो । उहाले वर्तमान सरकारको असफताको कारण मुलुक आर्थिक दिवालियापनको अवस्थामा पुगेको आरोप समेत लगाउनु भयो ।

शान्ति सुरक्षाको नाममा वर्तमान सरकारले अर्वौ रुपैया खर्चे पनि अहिलेसम्म र्सवसाधारण जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको आरोप लगाउनु भयो । बरु शान्ति सुरक्षाको नाममा राजनैतिक दलका नेता, कार्यकर्ता र श्रमजिवि पत्रकारलाई मात्र निशाना बनाएको यादबको आरोप थियो ।
राजनीतिक अन्यौलता समाप्त पार्नको लागि गठित उच्चस्तरिय राजनीतिक संयन्त्रलाई उच्चस्तरिय राजनीतिक षडयन्त्रको नाम दिदै अध्यक्ष यादबले यो अहिलेको वर्तमान अवस्थामा प्रयोगविहीन र असफल भईसकेको आरोप लगाउनु भयो ।

नेपाली कांग्रेस र एमालेले यदि समयमै संविधान निर्माण भएमा सबैलाई हक अधिकार दिनु पर्ने भएकोले, कांग्रेस र एमाले दुबैले समयमा संविधान निर्माण गर्न नचाहेको आरोप समेत अध्यक्ष यादबले लगाउनु भयो ।
अहिले मुलुकमा केही सिद्ध बाबा र छिमेकी राष्ट्रका नेताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने माग अघि सारेको छ । यसमा फोरमको धारणा के भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष् यादबले अब कोही जोगी र सिंह आएर नेपाल हिन्दु राष्ट्र नहुने बताउनु भयो । बरु सबै धर्म, भाषाभाषि र जातजातिको नेपाल बनाउनु पर्नेमा अध्यक्ष यादबले जोड दिनुभयो ।

पर्सा जिल्ला अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा सभासद आत्माराम साह, पार्टीका केन्द्रीय सदस्य लालबाबु राउत गदी, उमेशलाल दास, जिल्ला उपाध्यक्ष प्रदिप यादब, महिला फोरमका केन्द्रीय सदस्य मिनु सिह र राप्रपाका जिल्ला अध्यक्ष गोखुल प्रसाद कुर्मी लगायत पार्टीका विभिन्न संघसंगठनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: