महोत्तरी चैत्र १७ – सोमवार महोत्तरीमा हत्या गरिएको अवस्थामा भेटिएको लाश जनतान्त्रिक तराई मक्ति मोर्चा ज्वाला सिंह समूहको कार्यकर्ताको रहेको पुष्टि गरिएको छ।उक्त लाश ज्वाला सिंह समूहको महोत्तरी जिल्ला इन्चार्ज सुधिर पाण्डेय( धर्म दास)को रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
इन्चार्ज पाण्डेय महोत्तरीको सुगा गाविस वडा न.९ का निवासी थिए। पाण्डेको लाश महदैया तपनपुर वडा न.५ स्थित विग्ही नदिमा ३ गोली हानि हत्या गरिएको अवस्थामा भेटिएको जिप्रका महोत्तरीले जनाएको छ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्