संविधानसभामा नयाँ पूरक प्रतिवेदन पेश

काठमाडौं चैत्र १७ – संविधानसभाका विषयगत समितिका मस्यौदा प्रतिवेदन अध्ययन समितिले आफ्नो तेस्रो पुरक मस्यौदा आज संविधानसभामा पेश गरेको छ । झण्डै एक साताको स्थगनपछि आज बसेको संविधानसभाको बैठकमा प्रतिवेदन अध्ययन समितिका संयोजक अग्नी खरेलले सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको मस्यौदाको पूरक प्रतिवेदन पेश गर्नुभएको हो ।

अध्ययन समितिले कानूनद्वारा निर्धारित भन्दा कम जनसंख्या भएको समुदायलाई सीमान्तकृत समुदायको परिभाषा गर्न सिफारिस गरेको छ । उनीहरुलाई भूमि सामाजिक सुरक्षा राज्यका संरचनामा विशेष सहभागिताको हकको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । यसैगरी राजनीतिक आर्थिक र सामाजिक रुपले पछाडि पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताका कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसवाट विाचत रहेका पछिल्लो मानव विकास सुचकांकको कानूनद्वारा निर्धारित स्तर भन्दा न्यूनतम स्थितिमा रहेको समुदाय भन्ने परिभाषा गरेको छ ।

उनीहरुलाई राज्यका सवै संरचनामा समानुपातिक सहभागिता सार्वजानिक सेवामा विशेष अधिकार तथा भूमि र प्राकृतिक स्रोत साधन सन्बन्धी अधिकारको सम्बैधानिक व्यबस्थागर्न समितिले सुझाव दिएको छ । एक महिनाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने जिम्मा पाएको संवैधानिक समिति विजनेश अभावमा अनिश्चितकालका लागि स्थगित छ । संविधान जारी गर्ने दिन जेठ १४ का लागि दुइ महिना भन्दापनि कम समय रहेपनि दलहरुवीच सहमति जुटन नसक्दा अरु ८ विषयगत समितिका मस्यौदा संविधानसभावाट पारित हुन सकेका छैनन् । संविधानसभाको १०० औ बैठक आउँदो शुक्रवार साँझ ५ बजे बस्नेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: