• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

मिथिला महोत्सव शुरु राष्ट्रपति डा.यादवले उदघाटन गर्नुहुने

जनकपुरधाम चैत्र १९- समग्र मिथिलाको झलक प्रस्तुत गर्ने उद्देश्यले वृहतर जनकपुर क्षेत्र विकाश परिषदद्वारा आयोजित मिथिला महोत्सव २०६६ शुक्रवार देखि शुरु हुनेछ।महोत्सवको उदघाटन राष्ट्रपति डा.रामवरण यादवले गर्नुहुने छ।’हाम्रो संस्कृति हाम्रो पहिचान समृद्ध मिथिला हाम्रो अभियान’ मूल नाराको साथ हुने महोत्सवमा मिथिलाको संस्कृति, इतिहास ,कला परम्परा ,आभुषण पहिरन, खानपान ,साहित्य दर्शन ,लोक संस्कार सहितको प्रदर्शन गरिने छ।

त्यसैगरी खेलकुद नाटक, नृत्य, कृषि सामग्री मिथिलाको ऐतिहासिकता झल्काउने नक्सा ,अभिलेख सहितको पनि प्रदर्शन गरिने छ। महोत्सवको पूर्व संध्यामा पत्रकार सम्मेलनको आयोजन गरी वृहत्तर महोत्सवको सफलताको निम्ति सबैपक्षलाई सहयोग गर्न अह्वान गरियो। वृहत्तरको अध्यक्ष तथा मूल आयोजक कमिटीका संयोजक दिगम्वर रायले महोत्सवलाइ मिथिलामय बनाउन हर सम्भव प्रयास गरिएको बताउनुभयो। रायले महोत्सवको अवलोकन गरी मिथिलाको समग्रताको अनुमान लगाउन सकिने दावी गर्नुभयो।

महोत्सवको क्रममा विभिन्न विचार गोष्ठीहरु समेत गरिने कार्यक्रम रहेको छ। मिथिलामा नारीको अवस्था र भूमिका मिथिलामा युवाको दशा र दिशा तथा मिथिलाको सभासदहरुको भुमिका सम्बन्धमा विभिन्न विचारगोष्ठी सहित मिथिलाको सह अस्तित्वपूर्ण सहजीवनु सम्बन्धमा पनि विचार गोष्ठीको आयोजन गरिएको छ। मिथिलाको संस्कृतिक विभिन्न पक्षहरु सम्बन्धमा वृतचित्र मैथिली फिल्म मनोराजक ज्ञानबर्धक रोचक वस्तुहरुको प्रदर्शन गरिने आयोजकले जनाएका छन्।

महोत्सवमा ५ लाख देखि १० लाखसम्म व्यक्तिहरुको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ। शुक्रवार उदघाटनसत्रमा विभिन्न झाँकी, लोकनृत्य सहित नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संयोजक रायले बताउनुभयो। महोत्सवको उदघाटन सत्रमा देश विदेशका विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ। महोत्सव ५ दिन सम्म चल्ने छ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: