• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बीरगंजमा भावपूर्ण श्रद्धाञ्जली सभा

नेता तथा कार्यकर्ताद्धारा कपाल मुण्डन

ओमप्रकाश, बीरगंज, चैत्र  १९, – नेपाली राजनीतिका शिखर पुरुष तथा महानायक स्व. गिरिजा प्रसाद कोईरालाको १३ औ दिनको पुण्य तिथीको अवसरमा आज बीरगंजको माईस्थानचौकमा भावपूर्ण श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।mm
 
नेपाली कांग्रेस पर्साले आज बीरगंजमा आयोजना गरेको श्रद्धेय नेता स्व. कोईरालाको श्रद्धाञ्जलि सभाका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सस्कृति मन्त्री डा। मिणेन्द्र रिजालले आजको राजनीति २००३ सालको राजनीति होईन, आजको राजनीति २०१६ सालको राजनीति पनि होईन । न आजको राजनीति २०३६ साल र २०४६ सालको राजनीति हो । आजको राजनीति त ०६२ र ०६३ सालको जनआन्दोलनपछि नेपाली जनताले गरेको र खोजेको प्रतिबद्धता अनुरुपको राजनीति हो भन्नु भयो । आफना श्रद्धेय नेतालाई श्रद्धाञ्जलि दिन आज बीरगंज आईपुग्नु भएका मन्त्री रिजालले अहिलेको वर्तमान नेपालमा कसैले दिवास्वपना नदेखे हुन्छ र दुस्साहस पनि नगरे हुन्छ । किनभने अहिलेको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा निकै अगाडी बढिसकेको दावी गर्दै मन्त्री रिजालले अव नेपाललाइ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र समयमै संविधान बनाउने बाटोमा कसैले पनि ब्यवधान सृजना गर्न नसक्ने उनले दावी थियो ।

स्व। वि।पि। कोइरालाको निधनपछि जसरी २०३९ सालमा कांग्रेसमा नेतृत्वलाई रिक्तता आएको थियो । अहिले पनि त्यसरी नै स्व। गिरिजा प्रसाद कोइरालाको निधनपछि पार्टीमा नेतृत्वको रिक्तता देखिएपनि कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, शुशिल कोईराला र रामचन्द्र पौडेलले पार्टीलाई नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाउनेमा आफु विश्वस्त भएको मन्त्री रिजालको दावी थियो ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदीको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जलि सभामा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, सभासद अजय चौरसिया, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार बरिष्ठ सल्लाहकार देवेन्द्रलाल नेपाली पूर्व सभापति राजेन्द्र बहादुर अमात्य र पूर्व जिविस सभापति जनार्द्धन सिंह क्षेत्री, बीरगंज उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष्ँ गणेश प्रसाद लाठ लगायतले श्रद्धाञ्जलि मन्तब्य राखेका थिए ।
आफना श्रद्धेय नेताको १३ औं दिनको पुण्य तिथीमा कांग्रेस पर्साका सभापति अजय द्धिवेदी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, सभासद ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, जिल्ला उपाध्यक्ष् दिना गुप्ता, पूर्व मन्त्री सुरेन्द्र चौधरी लगायत करिव ५० जनाले आफनो केश मुण्डन गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् । श्रद्धाञ्जलि सभामा स्व। कोईरालाको अस्तु भष्ममा पुष्प अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्थानीय नेता तथा कार्यकर्ताहरुले शिखर पुरुष स्व। कोईरालाको अस्तुको भष्मलाई आजै पर्सा जिल्ला स्थित तिलावे खोलामा लगेर भावपुर्ण तरिकाले सेलाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: