छोरीको विवाहमा दाइजो वापत सर्प !

सुनसरी, चैत्र २०, छोरीको विवाहमा सामान्यतस् नगद, सुनचाँदी, गरगहना, मोटरसाइकल, आदि इत्यादि दाइजोको रुपमा दिइन्छ । तर विवाहमा दाइजोवापत सर्प नै दिनुपर्छ भन्ने सुन्दा अचम्म लाग्नसक्छ ।
 
तराईमा रहेका सपेराहरुमा छोरीको विवाहमा दाइजोवापत सर्प उपहार दिने परम्परा अझै कायम छ । नेटुवा जातिका सपेराहरुले आफ्नै जातिका केटासँग छोरीको विवाह गर्दा केटा पक्षलाई दाइजोमा गच्छेअनुसार दिने दाइजो (दहेज) मा गोमन, अजिङ्गर र करेत जातिका सर्प पनि दिनुपर्ने परम्परा रहेको छू । सुनसरी सखुवागाछीका सपेरा आलम अन्सारी भन्छन्।mm
 
विषालु सर्प समात्नु जोखिमपूर्ण काम भएपनि विद्यमान परम्परालाई जीवन्तता दिन दहेजमा सर्प उपहार दिने गरेको उनीहरुको भनाइ छ ।
तरेगना गोविन्दपुरका सपेरा मोहमद गफूर भन्छन् । गरिबीका कारण हाम्रो जातिका युवकहरु पढेलेखेका नभएकाले दाइजोमा सर्प उपहार दिँदा चटक देखाएर गुजारा चलाउनका लागि सर्प दिने गरिन्छ ।
अर्को जातिको युवकलाई हामी छोरी दिदैनौँ । त्यसकारण जातिगत परम्परालाई कायम राख्न नेटुवा जातिकै केटालाई छोरी दिने गरिएकाले पनि दहेजमा सर्प अनिवार्य भएको छ, । अर्का सपेरा अतुल्ला खानको भनाइ छ । सर्पलाई डुलाएर चटक देखाउँदै त्यसबाट आएको रकमबाट जीवन धान्ने मुख्य आधार भएकाले यस समुदायमा सर्पलाई पेवाको रुपमा लिने गरिन्छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: